–छेवाङ योञ्जन ‘‘जानेहरू बितेर गई त हाले, अब सरापेर के नै पो हुन्छ र?” बुद्धिमानकी श्रीमतीले तनाउपूर्ण भावमा भन्दै थिइन्, ‘‘भए पो भेटिन्थ्यो। हुँदै नभएको चिज कसरी भेट्ने?” बुद्धिमानले भएभरको सामानहरू खोतलेर घरै भताभुङ्ग बनाइसकेका थिए। ताकमा भएका नानीहरूका खाता-किताब भुइँभरि छरप्रस्टिएका थिए। पुराना टिनका बाकसहरू सिकुवामा पल्टिरहेका थिए।