२१ – बैशाख काठमाडौं नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ साल बैशाख २५ र २६ गते काठमाडौंको खुशिबु, नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।


प्रतियोगितामा नेपालसहित बेल्जियम र भारतका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । सुरुमा मलेसिया र बंगलादेशका खेलाडीहरूलाई पनि निमन्त्रणा गरिएको भए पनि उनीहरू विभिन्न कारणले सहभागी हुन नसक्ने भएपछि प्रतियोगिता तीन देशमा सीमित भएको हो ।

पत्रकार सम्मेलन


आयोजकका अनुसार प्रतियोगिताले नेपालमा कराते खेलको विकास, खेलाडीहरूको अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि तथा देशको खेल क्षेत्रलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com