सारांश पालामलाई केवल धाननाचमा गाइने प्रेमगीत वा सवाल–जवाफको लोकगीतका रूपमा बुझ्नु यसको वास्तविक साहित्यिक, सांगीतिक, प्रदर्शनात्मक र दार्शनिक आयामलाई सीमित गर्नु हो । पालाम एक बहुआयामिक मौखिक लोककाव्यिक परम्परा हो, जसको स्वरूप विभिन्न तत्त्वहरूको पृथक् उपस्थितिबाट होइन, तिनबीचको जीवित अन्तर्सम्बन्ध, अन्तर्क्रिया र कार्यात्मक समन्वयबाट निर्मित