हामी_________________ हामी जतिसुकै माथि उठौं,जतिसुकै यताउति दगुरौं,जतिसुकै ठूलो स्वरमा गर्जौंतर, हामी फगत् पानीको थोपा हौंपानीका निर्बलिया थोपाजो सूर्यद्वारा माथि उचालिन्छौंर बादल बन्छौं ,हावाको इशारामा यताउति दगुर्छौंर आफूलाई गतिशील भन्ठान्छौं ,अनि एक चोटी माथि पुगेपछिहामी आफ्नो धरतीलाई बिर्सन्छौंर आफ्नो धरतीलाईखोलालाईबगरलाई उपेक्षापूर्वकपालिएका कुकुरझ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैंहामी