Suhana in the poster of 'Paralak Ago'

काठमाडौँ — वैशाख ११ देखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को पोस्टर सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको पोस्टरमा अभिनेत्री सुहाना थापा डोकोमा शिर तेर्स्याएर ढल्किरहेको अवस्थामा चित्रित छिन् । 

फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्ष समेटिएको छ । फिल्ममा सुहानासँगै अभिनेता सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन् । अन्य कलाकारमा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय छ । 

लक्ष्मण सुनार निर्देशित फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन र कनाल कँवरको रंग संयोजन  छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com