‘पार्वती’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो। फिल्ममा ढुंगानाले शीर्ष भूमिका निर्वाह गरेकी छन्, जहाँ उनले अटिजम भएकी युवतीको चरित्र प्रस्तुत गरेकी छन् ।

काठमाडौं, ११ भदौ। अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले आफ्नो नयाँ फिल्म ‘पार्वती’को पहिलो दिनको बक्सअफिस आम्दानी विपद्मा परेका नागरिकको राहतका लागि दिने घोषणा गरेकी छन् ।

शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मबाट पहिलो दिन संकलन हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने ढुंगानाले जानकारी दिएकी हुन् ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले फिल्मको ओपनिङ कलेक्सन कोषलाई प्रदान गर्ने निर्णय गरिएको उनले बताइन्। फिल्मलाई आम्दानीको माध्यम मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्ने अवसरका रूपमा पनि उपयोग गर्न खोजिएको उनको भनाइ छ ।

ढुंगानाले बाढीको खबरपछि बिहीबार व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेकी थिइन्। उनले सम्भव भए प्रभावित क्षेत्रमा स्वयं पुगेर राहत वितरण गर्ने योजनासमेत रहेको बताएकी छन् ।

‘पार्वती’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो। फिल्ममा ढुंगानाले शीर्ष भूमिका निर्वाह गरेकी छन्, जहाँ उनले अटिजम भएकी युवतीको चरित्र प्रस्तुत गरेकी छन् ।

भोटेकोशीमा बुधबार आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीपछि प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा क्षेत्रबाट सहयोग घोषणा हुने क्रम बढेको छ ।

प्रकाशित मिति: ११ भदौ २०८३, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com