२ फागुन काठमाडौं – लिम्बू समुदायको सांस्कृतिक भावना, आत्मीय सम्बन्ध र माया समेटिएको नयाँ गीत सार्वजनिक भएको छ। २ फागुनका दिन मेरी आमा युट्युबमार्फत रिलिज गरिएको उक्त गीतले छोटो समयमै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतका शब्द काल्पना अंगबुहाङले लेखेकी हुन्। मेलोडी कलेक्सन देवकला मादेन लिम्बूको रहेको छ भने संगीत संयोजन मनोज साङसोन राईले गरेका छन्। गीतमा शिबा कुमार सम्बाहाङ्फे र दुर्गा तुम्सा सन्योकको सुमधुर स्वर सुन्न सकिन्छ, जसले गीतलाई अझै भावनात्मक उचाइमा पुर्‍याएको छ।

भिडियो निर्देशन लोकेन सान्बा लिम्बूले गरेका हुन्। छायांकन इशाक जबेगुले गरेका छन् भने सम्पादन पर्सु थलङले गरेका छन्। काव्य रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतका रेकर्डिस्ट जय कुमार बन्तावा रहेका छन्।

भिडियोमा पुर्व आईजीपी चन्द्र कुबेर खापुङ, सरदा थाङ्देन, लक्ष्मी योङहाङ, सलमान थलाङ, इन्द्र शेर्पा, दिपा सुहाङ, कविता थोपरा, पूर्ण सनवा, रुद्र पहिम, बिपना हाङाम, नितु रानी नेम्बाङ, तुलचन्द्र कुरुम्बाङ, निर्मल लिबाङ, सन्य लिम्बू, ज्योति अंगबुहाङ, धनजित सनवा, मन थलङ, रानी चोङबाङ, मनु थाक्लुङ, पूर्ण सेलिङ, हर्का घिसिङ, मिना लिङखिम, निशाम बेघा, दिपेन्द्र नाल्बो लगायतका कलाकारहरूको अभिनय रहेको छ।

गीत सार्वजनिक भएको छोटो समयमै हजारौं दर्शकले हेरेका छन् भने प्रतिक्रिया खण्डमा दर्शकहरूले “सांस्कृतिक पहिचान झल्काउने उत्कृष्ट प्रयास”, “भावनाले छुने प्रस्तुति” जस्ता प्रतिक्रिया दिएका छन्।
उक्त गीत मेरी आमा नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसले पछिल्लो समय निरन्तर रूपमा सांस्कृतिक र भावनात्मक सन्देश बोकेका सिर्जनाहरू प्रस्तुत गर्दै आएको छ।
संगीत क्षेत्रका जानकारहरूका अनुसार ले आधुनिक संगीत र मौलिक सांस्कृतिक तत्वबीच सन्तुलन कायम गर्दै नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने प्रयास गरेको देखिन्छ।

भिडियो गीत

https://youtu.be/uYS-8kb32wI?list=RDuYS-8kb32wI

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com