
काठमाडौं । मतदानसँग अभिनेता दीपकराज गिरीको रोचक किस्सा छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ स्थित दहचोकका मतदाता गिरीले हरेक चुनावमा ४ बजेर ५५ मिनेटमा भोट हाल्ने गरेका छन् ।
अर्थात, उनी उक्त मतदान केन्द्रका अन्तिम मतदाता हुन् । उनले विहिबार पनि त्यस्तै गरे । घडीको सुईले ४ बजेर ५५ मिनेट बजाउँदा उनी मतदानस्थल प्रवेश गरे अनि भोट हाले ।
‘सबैलाई थाहा छ कि म यहाँको अन्तिम मतदाता हुँ’ दीपकले अनलाइनखबरसँग भने । यसपटकको चुनावमा आफू पार्टी र कुनै सोचभन्दा माथि उठेर परिवर्तनको लागि मतदान गर्ने उनले बताइसकेका छन् ।
दीपकले मतदान गरेपछिको फोटो सेयर गर्दै लेखेका छन्, ‘४ बजेर ५५ मिनेटमा भोट हालियो । आजको जित सुशीला कार्की नेतृत्वको । भोलिको जित लोकतन्त्र र समृद्धिको ।’ कामको कुरा गर्दा, उनले अभिनय गर्ने फिल्म ‘छ माया छपक्कै २’ छायांकनमा जाने तयारीमा छ ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया