दिलविक्रम आङ्देम्बे लिम्बुहरु नेपालका आदिवासीहरु हुन् । यिनीहरुको मूल बसोवास क्षेत्र पूर्वी नेपालको अरुण नदी पूर्वका सम्पूर्ण पहाडी भू-भागहरु पर्दछ । यस क्षेत्रलाई पहिले लिम्बुवान भूमि पनि भनिन्थ्यो । खास गरी यो क्षेत्र लिम्बुहरुको थात्थल्लो भूमि भएको हुनाले यसलाई लिम्बुवान भूमि पनि भनिएको हो ।