ताप्लेजुङ । हेंवाखोलामा अस्थायी डाइभर्सनका लागि ह्युमपाइप अपुग भएपछि डाइभर्सन सम्पन्न हुन समय लाग्ने भएको छ

१६ वटा ह्युमपाइले नपुग्ने भएपछि थप ह्युमपाइप मोरङको गछियाबाट हेंवाखोलाका लागि हिडाइएको सडक डिभिजन कार्यालय इलामका इञ्जिनियर सरोज सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ह्युमपाइप सोमवार बिहान सम्ममा हेंवाखोलामा ल्याइ पु¥याउने योजना रहेको छ ।

यसअघि सोमवार अपरान्ह देखि अस्थायी डाइभर्सनमार्फत हेंवाखोलामा साना सवारीको एकतर्फी आवागमन सुरु हुने बताइदैं आएको थियो । शनिवार बिहानबाट सुरु भएको अस्थायी डाइभर्सन निर्माणको काम ह्युमपाइपको अभावले थप अघि बढ्न समस्या भएको हो ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com