काठमाडौं। भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रु क्षेत्रका बासिन्दा तथा स्वयम्भूस्थित येलो गुम्बामा आश्रय लिइरहेका बाढीपीडितहरूको सहयोगका लागि नेपाल आदिवासी जनजाति मञ्च, अष्ट्रेलियाले ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। मञ्चले बाढीपीडितहरूका लागि सञ्चालन भइरहेको होल्डिङ सेन्टरको दैनिक व्यवस्थापन, सञ्चालन तथा