२५-काठमाडौं – चर्चित गायक, संगीकार तथा मोडल कन्चन थलङ लिम्बु करिब छ महिनाको युके भ्रमण सकेर काठमाडौं फर्किएका छन्। बेलायतमा प्रवासी याक्थुङ लिम्बु समुदायको महापर्व (चासोक तङ्नाम) लाई लक्षित गरी आयोजित उनको सांगीतिक यात्रा व्यावसायिक र सांस्कृतिक दुवै दृष्टिकोणले निकै सफल रह्यो।

चर्चित गायक -संगीकार कन्चन थलङ
भ्रमणका क्रममा उनले बेलायतका विभिन्न सहरहरूमा कार्यक्रम प्रस्तुत गर्दै प्रवासमा रहेका नेपालीहरूसँग प्रत्यक्ष साक्षात्कार गरे। लिम्बु समुदायको सांस्कृतिक पहिचान बोकेको चासोक तङ्नामको अवसरमा आयोजित कार्यक्रमहरू उनको उपस्थितिले महत्वपूर्ण बनाएको थियो।
यात्राको अन्त्यतिर उनको भिसा थप गर्ने सम्भावना रहेपनि उनले स्वदेश फर्किने निर्णय गरे। यसबारे उनले भने, भिसा थपेर बस्न सकिन्थ्यो, तर नेपालको मायाले यति धेरै तान्यो कि फर्किनै पर्ने भयो। यहाँ मेरो श्रोता दर्शक, मेरो माटो र मेरो परिवार छ। उनीहरूकै मायाले म फर्किए ।

चर्चित गायक- संगीकार कन्चन थलङ
कन्चन केवल एक सफल कलाकार मात्र नभई सहयोगी भावनाका लागि समेत परिचित छन्। भ्रमणको क्रममा उनले आयोजकहरूको सहयोग र मायाको विशेष रूपमा स्मरण गरे। काठमाडौं फर्किएपछि उनले भने, बेलायतमा रहेका हरेक आयोजक, टिम र प्रवासी नेपाली दिदीभाइहरूले दिएको माया र सहयोग अविस्मरणीय छ। उहाँहरूकै कारण यो यात्रा सफल भयो। सबैप्रति हार्दिक धन्यवाद।

थलङ एकता केन्द्र -यु.के
यस सांगीतिक भ्रमणबाट राम्रो पारिश्रमिक आर्जन गरेको बताइएको छ। यो रकमले प्रवासी बजारमा उनको बलियो पकड र व्यावसायिक उचाइलाई पुष्टि गरेको छ।

चर्चित गायक -संगीकार कन्चन थलङ
हाल काठमाडौं फर्किएका कन्चन अब नेपाली श्रोताहरूका लागि नयाँ सांगीतिक प्रस्तुति लिएर आउने तयारीमा जुट्ने बताइएको छ। युके भ्रमणको अनुभव र त्यहाँ प्राप्त गरेको माया र सम्मानले आफूलाई थप उर्जा मिलेको उनको भनाइ छ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया