यस वर्षको निम्ति पुरस्कृत र सम्मानित गरिने नामहरूमाथि छलफल गरी कार्यकारी समितिले अनुमोदन गरेका नामहरू यसप्रकार छन्। दार्जीलिङ निवासी, कविरगीतकाररचित्रकार केवलचन्द्र लामालाई छैटौँ लैनसिंह बाङ्देल स्मृति पुरस्कार प्रदान गरिने छ। पुरस्कारमा नगद राशि, शीर शोभा, अङ्गवस्त्र, स्मृति चिन्ह र अभिनन्दन पत्र प्रदान गरिनेछ।
काठमाडौं साउन १० – लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान, कलकत्ताले सधैँझैँ यस वर्ष पनि भाषा मान्यता दिवस, भव्य रूपमा पालन गर्ने भएको छ। यस अवसरमा प्रतिष्ठानले भाषा, साहित्य, समाज अनि कलाको क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने गुणीजनलाई पुरस्कृत र सम्मानित गर्नेगर्दछ।
अहिलेसम्म प्रतिष्ठानले पाँचजना सर्जकहरूलाई लैनसिंह बाङ्देल स्मृति पुरस्कारले पुरस्कृत गरिसकेको छ, जसमा वरिष्ठ साहित्यकारहरू राजनारायण प्रधान, झमक घिमिरे अनि समशेर अली साथै प्रसिद्ध चित्रकार हेमु राई, र अमीर सुन्दास रहेका छन्। प्रतिष्ठानले यसबाहेक दर्जनौँ सर्जकहरूलाई सम्मानित गरिसकेको छ, जसमा नाट्यभूषण सी।के। श्रेष्ठ, भाषाविद् गोकुल सिन्हा, वरिष्ठ कवि डा राजेन्द्र भण्डारी, साहित्यकार राधेश्याम लेकाली, समाजसेवी एवं पत्रकार चन्द्र भण्डारी, समाजसेवी शान्ति राई टिस्टा, रङ्गु सौरिया आदि हुन्।
गत ज्ञछ जुलाई, द्दण्द्दट (को दिन बसेको प्रतिष्ठानको सभाले पुरस्कार गुठीद्वारा प्रस्तावित यस वर्षको निम्ति पुरस्कृत र सम्मानित गरिने नामहरूमाथि छलफल गरी कार्यकारी समितिले अनुमोदन गरेका नामहरू यसप्रकार छन्। दार्जीलिङ निवासी, कविरगीतकाररचित्रकार केवलचन्द्र लामालाई छैटौँ लैनसिंह बाङ्देल स्मृति पुरस्कार प्रदान गरिने छ। पुरस्कारमा नगद राशि, शीर शोभा, अङ्गवस्त्र, स्मृति चिन्ह र अभिनन्दन पत्र प्रदान गरिनेछ।

कवि–चित्रकार केवलचन्द्र लामा
भाषा आन्दोलनका योद्धा, वरिष्ठ साहित्यकार, समाजसेवी असम निवासी पुष्पधर शर्मालाई ञमातृभाषा सेवाश्री सम्मान’स वरिष्ठ साहित्यकार एवं नेपाली विभाग प्रमुख डा। दिवाकर प्रधानलाई ञप्रभात साहित्य सेवा सम्मान’ र प्रसिद्ध धाविका एवं समाजसेवी रोशनी राईलाई वीर खड़गबहादुर बिष्ट स्मृति सम्मान’ले सम्मानित गरिनेछ। कार्यक्रममा चित्रकला प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय हुनेलाई नगद राशि, स्मृति चिन्ह र प्रमाण पत्र प्रदान गरिनेछ।
यसबाहेक उच्च विद्यालय स्तरका विद्यार्थीहरूमाझ चित्रकला प्रतियोगिता राखिएको छ। साथै माध्यमिक अनि उच्च माध्यमिकमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई पनि सम्मानित गरिनेछ। यसै कार्यक्रममा लैनसिंह बाङ्देलद्वारा कलकत्ताबाट प्रकाशित ञप्रभात’ साहित्यिक पत्रिकाको कौस्तुभ अङ्कको पनि विमोचन गरिनेछ।

कवि–चित्रकार केवलचन्द्र लामा
कार्यक्रम आउँदो २३ अगस्त आइतबारको दिन, कलकत्ताको भारतीय भाषा परिषद् भवन, घटब् शेक्सापियर सरणी, कलकत्तामा सम्पन्न हुनेछ।
प्रतिष्ठानकी सभापति देविका मोक्तानको सभापतित्वमा बसेको सभामा प्रा। डा। किरण सुब्बा, मिरिक कलेजस खड़ग गुरूङ, सङ्गीता शेर्पा, सञ्जीव गुरूङ, सन्तोषचन्द्र दर्नाल, दीपेन्द्र दर्नाल, प्रा। अशेष लिम्बू, वेदान्त तामाङ, निकेश लिम्बू, निमा निष्कर्ष, अरुण राई, अजय थापा आदिको उपस्थिति रहेको थियो। सभाको सञ्चालन बिकास कार्कीले गरेका थिए।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

प्रतिक्रिया