काठमाडौं । याक्थुङ लिम्बू समुदायको मौलिक संस्कार, सांस्कृतिक अधिकार र पहिचानको संघर्षलाई कथावस्तु बनाइएको लिम्बु चलचित्र थिम्’ सार्वजनिक भएको छ । मंगलबार  G Media Connection को युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको हो ।

एक दशकअघि निर्माण सम्पन्न भएको चलचित्रलाई जेन्टल मिडिया कनेक्सनका प्रवन्ध निर्देशक प्रकाश आङबुहाङ ‘हाङबारे’ ले दर्शकमाझ ल्याएका हुन् । चलचित्र थिम्’ ले याक्थुङ लिम्बू समुदायको मृत्यु र विवाह संस्कारमा प्रचलित बन्दुक पड्काउने परम्परा, त्यससँग जोडिएको सांस्कृतिक अर्थ, सम्मान र पहिचानको विषयलाई केन्द्रमा राखेको छ ।

राज्यका विभिन्न कानुनी संरचनाले परम्परागत संस्कारमा अवरोध सिर्जना गरेपछि उत्पन्न सामाजिक द्वन्द्व, समुदायको संघर्ष र आफ्नो मौलिक अस्तित्व संरक्षणको यात्रालाई चलचित्रले प्रस्तुत गरेको छ । ‘थिम्’ केवल एउटा सांस्कृतिक कथामात्र नभई आफ्नो भाषा, संस्कार, परम्परा र अधिकारका लागि समुदायले गरेको ऐतिहासिक संघर्षको दस्तावेजका रूपमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

याक्थुङ फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘थिम्’ का लेखक सागर केरुङ हुन् भने निर्देशन यलम्बर खम्बु ले गरेका छन् । चलचित्रका निर्माता यलम्बर खम्बु, सागर केरुङ, भोजराज साँवा, कृष्णराज नेम्बाङ, डीबी खुदाङ र मानबहादुर साँवा रहेका छन् ।

चलचित्रमा मुख्य सहायक तथा नृत्य निर्देशन दिनेश माङमु, सहायक निर्देशनमा डिआर हाङसरुम्बा, रेगन प्रसाई र माइकल तुम्बापो, सहायक नृत्य निर्देशनमा निवा नेम्बाङ रहेका छन् । छायांकन बिक्रम डिसी, सम्पादन अनिल कुमार महर्जन, ड्रोन अपरेसन बिक्रम याम्फु ले गरेका छन् ।

चलचित्रका गीतकार सागर केरुङ, संगीतकार बुद्धराज लिम्बू रहेका छन् भने स्वरमा सुनिता थेगिम, सुजन आङदेम्बे, इन्दु फोम्बो र मनि ताम्लिङ को योगदान रहेको छ । ब्याकग्राउण्ड म्युजिकमा मनि ताम्लिङ, शृङ्गारमा सन्तोष रिजाल र व्यवस्थापनमा नुनाम केरुङ रहेका छन् भने चलचित्रको डिजिटल अधिकार जेन्टल मिडिया कनेक्सन प्रा.लि. ले लिएको छ ।

‘थिम्’ मा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङसरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ र शुक्र राई लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र हेर्नुहोस : https://www.youtube.com/watch?v=zpg_jiP0_g8&t=3361s

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com