
दिलविक्रम आङ्देम्बे
लिम्बुहरु नेपालका आदिवासीहरु हुन् । यिनीहरुको मूल बसोवास क्षेत्र पूर्वी नेपालको अरुण नदी पूर्वका सम्पूर्ण पहाडी भू-भागहरु पर्दछ । यस क्षेत्रलाई पहिले लिम्बुवान भूमि पनि भनिन्थ्यो । खास गरी यो क्षेत्र लिम्बुहरुको थात्थल्लो भूमि भएको हुनाले यसलाई लिम्बुवान भूमि पनि भनिएको हो । यस लिम्बुवान भूमिभित्रको गाउँ/ठाउँको नामहरू पनि धेरैजसो यहीँ कै आदिवासी लिम्बुहरुको भाषाबाटै राखिएको पाइएको छ । लिम्बुवान क्षेत्रभित्र भेटिएको यस्तो लिम्बु भाषी स्थान नामहरुसँग यहाँका लिम्बुहरुको इतिहास, संस्कृति, शक्ति र अर्थ-राजनीति आदि पनि जोडिएको पाइएको छ, जसलेगर्दा यस्ता नामहरुसँग यहाँको लिम्बुहरुको सम्बन्ध अत्यन्तै महत्वपूर्ण रहेको देखिन्छ । तर पछिल्लो समयमा भने विभिन्न कारणहरुले गर्दा यस लिम्बुवान क्षेत्रभित्र रहेको यस्तो लिम्बु भाषी स्थान नामहरु दिनानुदिन लोप हुँदै गई रहेको देखिएको छ । यस क्षेत्रभित्रको कतिपय लिम्बु भाषी स्थान नामहरु नेपाली भाषामा फेरबदल भएर नेपालीकरण हुँदै गई रहेको अवस्था पनि छ । यहीँ कुरालाई मध्यनजर गरेर यस लिम्बुवान क्षेत्रभित्र रहेको लिम्बु भाषी स्थान नामहरु पछिल्लो समयमा कसरी नेपालीकरण हुँदै गई रहेको छ भन्ने बारेमा मैले यहाँ एउटा कार्य-पत्र तयार गरेको छु ।
यो कार्य-पत्र मैले लिम्बुवान भूमि पाँचथरको फालेलुङ गाउँपालिकाभित्रको मौलिक स्थान नामबारे अध्ययन गर्ने जिम्मेवारी पाएपछि त्यसको लागि उक्त (फालेलुङ) गाउँपालिका क्षेत्रमा गएर कार्य-क्षेत्र अध्ययन गर्दा त्यहाँबाट पाएको जानकारीको आधारबाट तयार गरेको हो, त्यसकारण यस कार्यपत्रभित्र मैले लिम्बुवान क्षेत्रभित्रको नेपालीकरण भएका सबै लिम्बु भाषी स्थान नामहरुलाई नसमेटिएर पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकाभित्र रहेको केही नेपालीकरण गरिएका लिम्बु भाषी स्थान नामहरुलाई मात्र समेट्ने प्रयास गरेको छु ।
यो कार्यपत्र तयार गर्ने सवालमा यसभन्दा पहिले यसरी स्थान नामहरुवारे अथवा यसरी नेपालीकरण हुँदै गएका स्थान नामहरुवारे केही कुराहरु लेखिएको छ कि छैन ? कुन-कुन विद्वान/लेखकहरुले कुन कुन पुस्तक तथा पत्र-पत्रिकाहरुमा यसबारे के-के कुराहरु लेखेका छन ? त्यसवारे पनि थोरै अध्ययन गर्ने प्रयास गरेको थिएँ। यसरी अध्ययन गर्दा कमलप्रकाश मल्लले नेपाल उपत्यकाभित्रका प्राचीन खोला, नदीहरुका नामहरू र त्यस्ता खोला, नदीसँग मान्छेको जीवन, संस्कृति र भाषा कसरी गाँसिएका छन् भन्नेवारे लेखेको पाएको थिएँ (मल्ल, १९८२) । कृष्णप्रकश श्रेष्ठले पनि ‘स्थाननाम-कोष’ भन्ने पुस्तकमा नेपाल अधिराज्यभरिको विभिन्न स्थान नामहरुबारे लेखेको भेटिएको छ (श्रेष्ठः वि.स २०४४) ।
लिम्बुवान क्षेत्रभित्र कै कुरा गर्ने हो भने वैरागी काइलाले नेपाल समाचार पत्र (दैनिकी) २०५९ भाद्र १२ को पाना न. ५ मा ‘नेपालको लिम्बुवान क्षेत्र पाँचथर जिल्लाको अधिकाश भू-भागहरु लिम्बु भाषाबाटै नामाकरण गरिएको तर पछि त्यस्ता नामहरुमा हिन्दूकरण, ब्राम्हीकरण हुदै गएको भन्ने कुरा लेखेको पाइएको छ । येहाङ लावतीले पनि लिम्बुवान पाँचथर जिल्लाको धेरै लिम्बु भाषी स्थाननामहरुलाई नेपाली भाषामा फेरबदल गरिएर नेपालीकरण गर्दै लगिएको कुरा लेखेको भेटिएको छ (लावती, २०६२) । अर्का भाषाविद तेजमान आङदेम्बेले पनि पूर्वी लिम्बुवान क्षेत्रका अधिकाश स्थान नामहरु लिम्बु भाषाबाटै नामकरण गरिएको छ भन्ने कुरा लेखेको पाइएको छ (आङदेम्बे, २००९) । त्यसरी नै दिलविक्रम आङदेम्बेले पनि लिम्बुवान क्षेत्र पाँचथरको फिदिम नगरपालिकाभित्र रहेको लिम्बु भाषी स्थान नामहरु पछिल्लो समयमा कसरी फेरबदल हुँदै गई रहेको छ भन्नेबारे केही कुराहरु लेखेको पाइएको छ । (आङदेम्बे, २०७९)
तर के चाहिँ हो भने, यी माथि उल्लेखित पुस्तक तथा पत्र-पत्रिकाहरुमा पनि लिम्बुवान क्षेत्रभित्रका लिम्बु भाषी स्थान नामहरु के-कसरी फेरबदल हुँदै गई रहेको छ अथवा यस लिम्बुवान क्षेत्रभित्रका लिम्बु भाषी स्थान नामहरू नेपाली भाषामा स्पान्तरण गरिएर कसरी नेपालीकरण गर्द लगिएको छ ? भन्ने सावलमा भने जे-जति मात्राले लेख्नु पर्ने थियो त्यति चाहिँ लेखेको देखिएन यसै कारणले गर्दा पनि मैले नेपालीकरण गर्दै लगिएका यस लिम्बुवान क्षेत्रभित्रको लिम्बु भाषी स्थान नामहरुबारे यसरी कार्य-पत्र तयार गरेको हो। तर के चाहिँ हो भने, यो कार्यपत्र चाहिँ मैले फालेलुङ गाउँपालिका पाँचथरले दिएको स्थान नाम सम्बन्धी एउटा अध्ययन परियोजनाबाट तयार गरेको हुनाले यसमा मैले यिनै फालेलुङ गाउँपालिका पाँचथरभित्र रहेको लिम्बु भाषी स्थान नामहरु पछिल्लो समयमा कसरी नेपालीकरण हुँदै गई रहेको छ ? भन्ने कुरालाई मात्र समावेश गर्ने प्रयास गरेको छु । खासगरी यस फालेलुङ गाउँपालिका पाँचथरमित्र भेटिएको नेपालीकरण हुँदै गएका लिम्बु भाषी स्थान नामहरु किन र कसरी नेपालीकरण भई रहेको छ त भन्नेवारेमात्र मैले यस कार्य-पत्रमा उल्लेख गर्ने प्रयास गरेको छु । यो मैले प्राथमिकई तथ्याके कहरुलाई मुख्य आधार मानेर तयार गरेको एउटा कार्य-पत्र हो ।
फालेलुङ गाउँपालिकाभित्रका लिम्बु भाषी स्थान नामहरू :
फालेलुङ गाउँपालिका पाँचथरभित्रका लिम्बु भाषी स्थान नामहरु पनि लिम्बुवानभित्रको अन्य ठाउँको जस्तै विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट विभिन्न तरिकाले बनिएको मेटिएको छ । यहाँभित्र पाइएको यस्तो स्थान नामहरुमध्ये कुनै भौगोलिक बनावटबाट नामकरण गरिएको भेटिएको छ भने कुनै रुख-विख्वा, चराचुरुङगी आदिको आधारबाट नामकरण गरिएको पनि पाइएको छ । त्यसैगरी कुनै चाहिँ मानिसको नाम, थर आदिबाट बनिएको स्थान नामहरू पनि पाइएको छ । यहाँ भेटिएका यी स्थान नामहरुसँग पनि यस भेगका आदिवासी लिम्बुहरुको जीवन, इतिहाँस र संस्कृति जोडिएको भेटिएको छ ।
तर पछिल्लो समयमा भने यस (फालेलुङ) गाउँपालिका पाँचथरभित्र रहेको यस्तो लिम्बु भाषी स्थान नामहरु पनि दिनानुदिन नेपाली भाषामा फेरबदल गरिएर नेपालीकरण गर्दै लगिएको हुनाले यस्तो किन भई रहेको छ ? यस गाउँपालिकाभित्रको कुन कुन लिम्बु भाषी स्थान नामहरुलाई नेपालीकरण गर्दै लगियो ? मुलत यीनै कुराहरूवारे अध्ययन गर्नको लागि पनि यस फालेलुङ गाउँपालिका पाँचथरभित्र रहेको मौलिक स्थान नामबारे अध्ययन गरिएको थियो । उक्त अध्ययन गर्दा यस (फालेलुङ) गाउँपालिकाभित्रको कुन कुन लिम्बु भाषी स्थान नामहरू नेपाली भाषामा फेरबदल गरिएर नेपालीकरण गर्दै लगिएको भेटिएको थियो ? त्यसको विस्तृत विवरण तल उल्लेख गरिएको छ ।
एकतीन गाउँः
फालेलुङ गाउँपालिका पाँचथरको वडा नम्बर दुईमा एकतीन भन्ने गाउँ भेटिन्छ । यो एकतीन चाहिँ यहाँको लिम्बु भाषी मौलिक स्थान नामलाई पछि नेपाली भाषामा फेरबदल गरिएर नेपालीकरण गरिएको नयाँ स्थान नाम को किनभने यस ठाउँलाई पहिले येक्तेन अथवा येप्तेन भन्ने गरिन्थ्यो ।
यो येक्तेन अथवा येप्तेन नामसँग चाहिँ यस भेगका आदिवासी लिम्बुहरुको मुन्धुम पनि जोडिएको पाइएको छ । उक्त मुन्धुमकै आरामा यस ठाउँको नाम येक्तेन अथवा येप्तेन रहन गएको हो भन्ने भनाई पनि छ । यसै फालेलुङ गाउँपालिका क्षेत्रका केही स्थानीय लिम्बुहरुले भने अनुसार उहिले यस क्षेत्रका भूमिपुत्रहरुले यहाँको जबेगू (चबेगू) डाँडामा गढी (यक) बनाई दिएर राखेको जेठो भाई थेगिमहाङको दुई भाई छोरा थिए। जेठो छोरालाई साम्दिङहाङ भनिन्थ्यो र कान्छो छोरालाई मुयेनहाङ भनिन्थ्यो। ती साम्दिङहाङ र मुयेनहाङ दाजुभाईहरु खूब शिकार खेल्दथे ।
एक पल्टको के भयो भने शिकार खेल्न घरबाट निस्केको कान्छो भाई मुयेनहाङ लामो समय घरमा फर्केर आएन । उसले उत्तै यक्पाङदेम्मा नाम गरेकी एउटी युवतीसँग बिहा गरेर बस्यो । यसरी भाई घरमा फर्केर नआएपछि दाजु साम्दिङहाङलाई भाईको निक्कै चिन्ता हुन थाल्यो । त्यसपछि उसले भाई शिकार गर्न गएको जङ्गलतिर गएर जङ्गलभरी भाईलाई खोज्यो तर कहीं भेटेन । वर्षों बित्यो भाई घरमा फर्केर आएन। जङ्गली जनावरले खाएर भाई घरमा नआएको होला ? अब भाई घरमा फर्केर आउँदैन होला भनेर दाजु साम्दिङहाङले भाई मुयेनहाङको शुद्धाई (फजे) गर्ने निर्णय गर्यो। घरबाट निस्केको व्यक्ति लामो समय घरमा आएन भने कहीँ बाटो घाटोमा मरेर उस्को आत्माले बाटो पाई रहेको छैन की ? भनेर त्यसको मृत्यु संस्कार कर्म-काण्ड सुदाई (फजे) गरिदिई पठाउने मुन्धुम लिम्बुहरुमा छ।
त्यसकारण अब दाजु साम्दिङहाङले पनि भाई मुयेनहाङको शद्धाई (फजे) गरिदिई पठायो । यसरी शुद्धाई (फजे) गरिसकेको कुनै व्यक्ति जिउँदै थियो भने पनि त्यो व्यक्ति फेरि घरमा फर्केर आउनु हुँदैन भन्ने मुन्धुम पनि लिम्बुहरुमा भेटिन्छ । तर पछि यहाँ के भयो भने भाई मुयेनहाङ अचानक घरको माथि डाँडाबाट यता तल घरतिर आई रहेको दाजु (साम्दिङहाङ) ले देख्यो । यसरी शुद्धाई (फजे) गरि सकेको मान्छे आयो भनेर साम्दिङ छक्कै पर्यो । त्यसपछि उसले उँभोतिर माथि भाई (मुयेनहाङ) तिर हेन्दै “ए भाई पख पख तिमी एकैछिन त्यहीँ उभिई राख, मैले त तिम्रो शुद्धाई (फजे) गरि सकेकोले अब एउटा मुन्धुम (रीत) गरेर मात्र तिमीलाई यता घरमा ल्याउन मिल्छ भनेर भन्यो। त्यसपछि मुयेनहाङ त्यहीँ ठाउँमा उभिई रह्यो। यता घरमा ऊ आएन ।
त्यै मुयेनहाङ उभिएको ठाउँलाई पछि यहाँका लिम्बुहरुले येप्तेन नाम राखि दिए । उभिएको ठाउँलाई लिम्बुहरुले येप्तेन भन्दछन् । त्यसैलाई पछि येक्तेन पनि भन्न थालियो । यस ठाउँको नाम यसरी येक्तेन रहन गयो भन्ने भनाई छ । कुनै कुनैले चाहिँ उहिले जेठो भाई थेगिमहाङलाई यस ठाउँमा यक (गढी) बनाई दिएर राखिएको हुनाले यस ठाउँलाई यक्तेन भनिएको र त्यसैलाई पछि येक्तेन भन्न थालिएको भन्ने कुरा गरेको पनि भेटिएको छ । ठाउँको नाम यसरी येक्तेन अथवा येप्तेन रहन गएको थियो । तर पछि के भयो भने
यस यस क्षेत्रमा आएर बसेका केही गैह्र लिम्बुहरुले यस ठाउँको नाम येक्तेन, यकतेन अथवा येप्तेनलाई सही रुपले उच्चारण गर्न नसकेर त्यसलाई उनीहरुले एकतीन भन्न थाले । त्यसपछि यस ठाउँको नाम एकतीन रहन गयो र यहाँको गाउँलाई एकतीन गाउँ भन्न थालियो । लिम्बुहरूमा येक्तेन भन्ने थर पनि छ । यहीँ ठाउँको आधारबाट येक्तेन थर रहेको भन्ने कुरा पनि छ, तथापि यसबारे भने पुनः थप अध्ययनको आवश्यक छ ।
जोरपाटीः फालेलुङ गाउँपालिका पाँचथरको वडा नम्बर दुई येक्तेन गाउँमित्र रहेको यो जोरपाटी ठाउँ पनि पछि नेपालीकरण गरिएको एउटा स्थान नाम हो किनभने पहिले चाहिँ यस ठाउँलाई पनि येक्तेन नै भनेर चिनिन्थ्यो । तर पछि यस ठाउँमा यहाँकै स्थानीय मेघवर्ण खत्री र टिकानन्द भन्डारीले झिङ्ङ्गटीले छाएको दुईवटा धर्मशाला पाटीहरु यहाँ बनाएका हुनाले यस ठाउँलाई जोरपाटी भनेर चिन्न थालियो ।
छातेढुङ्गाः
फालेलुङ गाउँपालिका पाँचथरको वडा नम्बर दुई येक्तेन (बगाले) गाउँमित्र छातेढुङ्गा भन्ने सानो वस्ती पनि भेटिएको छ । यहाँ थक्लिहाङ थरी थेगिम लिम्बुहरु बस्दै आएका छन । यो छातेढुङ्गा पनि पछि बनाइएको नाम हो किनभने यस ठाउँको पुरानो नाम चाहिँ अर्क रहेको पाइएको छ ।
देयसै येक्तेन (छातेढुङ्गा) गाउँका स्थानीय लिम्बुहरुले अनुसार उहिले यस ठाउँलाई सिवे वादेन भन्ने गरिन्थ्यो । खासगरी या स्थानीय लिम्बुहरुले अनुसार उहिलेको हुनाले यस गर्दछन । कुनैले चाहिँ यस ठाउँलाई सेःवातेन पनि भन्दथे । यो ठाउँ केही सेपिलो पाटामा परेको गाउँलाई सिवे वादेन भनिएको हो । अलि आउँमा अलि अलि पानी लिन्नेहरुले सिकेचा भन्ने हुनाले बिहान र बेलुका यस ठाँमा अलि अलि सित समेत पर्ने भएकाेले यस ठाउलाई सेवातेन पनि भनिएको हो । शीत पर्ने गरेको ठाउँलाई लिम्बु भाषामा सेःवातेन भन्ने गरिन्छ । तर पछि यहाँकै स्थानीय हर्कप्रसाद थक्लिहाङ लिम्बुले आफ्नो घर नजिकै दुर्गा भवानीको एउटा मूर्ति स्थापना गरेर त्यसलाई उसले ढुङ्गाको छाता समेत ओढाई दिएको थियो । यस ठाउँमा बनाइएको दुर्गा भवानीको मूर्तिलाई यसरी ढुङ्गाको छाता ओढाई दिएको करणपछि यस ठाउँलाई छातेढुङ्गा भनेर चिन्न थालियो । यसरी छातेढुङ्गा स्थान नामको नामकरण भएको थियो भन्ने भनाई भेटिएको छ ।
जिमाहाः
फालेलुङ गाउँपालिका पाँचथरभित्र जिमाहा भन्ने गाउँ पनि भेटिन्छ । यो गाउँ यस गाउँपालिकाको वडा नम्बर दुईमा पर्दछ । यहाँ आड्युपो थरी लिम्बुहरु बस्दै आई रहेका छन् । यो जिमाहा पनि पछि बनाइएको नयाँ नाम हो, यस ठाउँलाई पहिले वाजिम्बा भन्ने गरिन्थ्यो । यो वाजिम्बा चाहिँ लिम्बु भाषाबाट राखिएको यहाँको एउटा मौलिक स्थान नाम हो। खासगरी यस ठाउँमा पानी नै पानी उम्रिएको सिमसार ठाउँहरु धेरै रहेको हुनाले यस ठाउँलाई वाजिम्बा भनिएको हो। पानी नै पानीको सिमसार मात्र धेरै भएको जग्गालाई लिम्बुहरुले वाजिम्बा भन्ने गर्दछन् । यस ठाउँको नाम यसरी वाजिम्बा रहन गएको थियो ।
तर पछि बाहिरबाट यस ठाउँमा आएर बस्न थालेका केही गैह्र लिम्बुहरूले यस ठाउँको मौलिक नाम वाजिम्बालाई पनि राम्ररी उच्चारण गर्न सकेनन्, त्यसलाई उनीहरुले जिमाहा भन्न थाले । त्यसपछि यस ठाउँलाई जिमाहा भनेर चिन्न थालियो यसको पुरानो नाम वाजिम्बा चाहिँ ओझेलमा पन्दै गयो ।
गौलीडाँडाः
फालेलुङ गाउँपालिका पाँचथरको वडा नम्बर दुई येक्तेन गाउँभित्र गौलीडाँडा भन्ने सानो डाँडा पनि भेटिएको छ। यो (गौलीडाँडा) पनि थरको आधारबाट पछि राखिएको नेपाली भाषी नयाँ स्थान नाम हो किनभने यस डाँडाको पनि मौलिक नाम चाहिँ अर्कै रहेको पाइएको छ, जुन नामसँग यहाँको भूमिपुत्र आयुपो लिम्बुहरुको मुन्धुम जोडिएको भेटिएको छ ।
यसै फालेलुङ गाउँपालिका येक्तेन क्षेत्रका केही स्थानीय लिम्बुहरुले भने अनुसार यो गौलीडाँडा यस भेगका भूमिपुत्र आयुपो लिम्बुहरुको पवित्र स्थल हो । यहाँका आयुपोहरुले घरमा दुःख-विमार, ग्रह-दशा लाग्यो भने यहीं डाँडामा आएर आफ्नो कूल देवताको पूजा गरेर त्यस्ता समस्याहरुबाट मुक्त हुन कूल देवतासँग शक्ति माग्ने गर्दछन। उनीहरुले मान्दै आएको मुरोकहाङ साम्माङ (देवता) को उत्पति पनि यहीँ ठाउँमा भएको थियो भन्ने जन-विश्वास छ ।
यस डाँडाको नाम पनि सबैभन्दा पहिले यिनै आङथुपोहरूले नै राखेका थिए । खासगरी यस डाँडामा उहिले सल्लाको रुख धेरै थिएको हुनाले यस डाँडाको नाम उनीहरुले आङथुक्पो/आङथुक्पो यक राखिदिएका थिए । सल्लाको रूख धेरै भएको ठाउँलाई लिम्बुहरुले आङथुक्पो भन्दछन । यस ठाउँको नाम यसरी आङथुक्पो अथवा आङथुक्पो यक राखिएको थियो । कुनैले चाहिँ यो आड्युपो थर पनि यहीँ ठाउँको नामबाटै राखिएको भन्ने कुरा गर्दै आएको पनि पाइन्छ ।
तर पछि के भयो भने बाहिरबाट आएर यस ठाउँमा बस्न थालेका केही गैह्र लिम्बुहरुले यो आङथुक्पो यकलाई आयुपो डाँडा भन्न थाले । त्यसैलाई उनीहरूले फेरि नेपालीकरण गरेर चुलीडाँडा पनि भन्न थाले। त्यसपछि यस ठाउँलाई चुलीडाँडा पनि भन्न थालियो । पछि फेरि यस ठाउँको आसपासमा केही परिवार गौली क्षेत्रीहरु पनि आएर बस्न थाले। कालान्तरमा तिनै गौली क्षेत्रीहरूले नै यस ठाउँको नाम फेरि गौलीडाँडा बनाई दिए। त्यसपछि गौलीडाँडा नामबाटै यस ठाउँलाई चिन्न थालियो ।
पुस्तके ढुङ्गा फालेलुङ गाउँपालिका पाँचथरको वडा नम्बर तीन मच्छेबुङ गाउँमा एउटा देवस्थल रहेको भेटिन्छ । त्यहाँभित्र एउटा ढुङ्गा पनि राखिएको छ, जसलाई पुस्तके ढुङ्गा भन्ने गरिन्छ । यो पुस्तके ढुङ्गा पनि पछि राखिएको नयाँ नाम हो किनभने यस ढुङ्गाको पुरानो नाम चाहिँ लिम्बु भाषाबाटै राखिएको पाइएको छ ।
यसै फालेलुङ गाउँपालिका क्षेत्रका केही स्थानीयहरुले भने अनुसार यस ठाउँमा उहिले साँइला भाई थेगिमहाङलाई राखिएको थियो । त्यो साँइला भाइ थेगिमहाङले यहाँ रहेको यस ढुङ्गामा दिनभरी लेख्दथ्यो । यसरी थेगिमहाङले खेलेको ढुङ्गा भएको हुनाले पछि यहाँका लिम्बुहरूले यस ढुङ्गाको नाम केःलुङ राखि दिए। खेल्ने ढुङ्गालाई लिम्बुहरुले केःलुङ भन्दछन् । यस ढुङ्गाको नाम यसरी केःलुङ राखिएको थियो ।
तरपछि के भयो भने बाहिर अन्य जग्गाबाट आएर यस ठाउँमा बस्न थालेका केही गैह्र लिम्बु बाहुन-क्षेत्रीहरु चाहिँ यहाँ रहेको यस केःलुङ ढुङ्गालाई किताबलुङ भन्न थाले । खासगरी यो ढुङ्गा चारपाटे किताव जस्तै देखिएको हुनाले यसलाई उनीहरुले किताबलुङ भनेका हुन् । त्यसैलाई पछि फेरि पूरै नेपाली भाषामा रुपान्तरण गरिएर पुस्तकेढुङ्गा पनि भन्न थालियो । त्यसपछि यहाँको ढुङ्गाको नाम पुस्तके ढुङ्गा रहन गयो ।
तीनछाँगे झरना : फालेलुङ गाउँपालिका पाँचथरभित्र तीनछाँगे भन्ने एउटा झरना पनि भेटिएको छ । यो झरना यस गाउँपालिकाको वडा नम्बर तीनमा पर्दछ । यो तीनछाँगे झरना पनि पछि राखिएको नयाँ स्थान नाम हो किनभने यस झरनाको पुरानो नाम चाहिँ खे? ओ थावा वाधाःम रहेको पाइएको छ जुन लिम्बु भाषाबाटै राखिएको एउटा मौलिक स्थान नाम हो ।
यस झरनाको नाम कसरी ‘खे? ओ थावा वाधाःम’ रहन गयो भन्नेवारेमा पनि आफ्नै किसिमको एउटा मुन्धुम भेटिएको छ । उहिले यस ठाउँको भूमिपुत्रहरुलाई दुःख दिने मुक्कुसाम्बाको टुप्पीमा रहेको मुक (शक्ति) लाई थेगिमहरूले खोसाउन लागेको बेला त्यो मुक (शक्ति) यस झरनाभित्र पसेको थियो । बेलुकी साँझ परेपछि त्यो मुक (शक्ति) एउटा मणी जस्तै उज्यालो भएर यस झरनाभित्र कललल बली रहेको थेगिमहरुले देखे । त्यसपछि लु मुक्कुसाम्बाले कुमुक्ङ्ग खे? ओ धावा’ भन्दै ती थेगिमहरु सबैले यस झरनातिर हेर्न थाले। मुक्कुसाम्बाको शक्ति त त्यहाँ पो देखा पच्यों भन्ने वाक्यलाई लिम्बुहरूले मुक्कुसाम्बाले कुमुक्रइङ्ग खे? ओ थावा भन्दछन् ।
यसरी थेगिमहरूले कुमुक्रइङ्ग खे? ओ थावा’ भन्दै यस झरनातिर हेरेको हुनाले पछि यस झरनाको नाम नै खे? ओ थावा’ रहन गयो । ‘त्यहाँ देखा पर्यो भन्ने वाक्यलाई लिम्बुहरुले खे? ओ थावा भन्दछन् । यस झरनाको नाम यसरी ‘खे? ओ थावा वाधाःम’ रहन गयो भन्ने भनाई छ । झरनालाई लिम्बुहरुले वाधाः म भन्दछन् ।
तर पछि अन्य ठाउँबाट यस क्षेत्रमा आएर बस्न थालेका केही गैह्र लिम्बुहरूले यहाँको यस झरनाको नाम ‘खे? ओ थावा वाधाःम’ लाई शुद्ध स्पले उचारण गर्न सकेनन् । त्यसपछि उनीहरूले यस झरनालाई तीनछाँगे झरना भन्न थाले । खासगरी यहाँ तीनवटा छाँगा (झरना) रहेको हुनाले उनीहरुले यसरी तीनछाँगे झरना भन्न थालेका हुन् । त्यसपछि यस झरनाको नाम तीन छाँगे झरना रहन गयो ।
मेमेङः
फालेलुङ गाउँपालिका पाँचथरभित्र मेमेङ भन्ने गाउँ पनि भेटिएको छ । यहाँ थाम्सुहाङ थरी लिम्बुहरु धेरै बस्दै आई रहेका छन् । यो मेमेङ पनि पछि बनाएको नयाँ स्थान नाम हो किनभने यस ठाउँको पनि पुरानो नाम चाहिँ लिम्बु भाषाबाटै राखिएको अर्कै रहेको पाइएको छ । यसै मेमेङ गाउँका केही स्थानीयहरुले भने अनुसार उहिले यस ठाउँमा नेम्बेकु थरी भूमिपुत्र लिम्बुहरु बस्दथे । यसरी नेम्बेकुहरु बसेको जग्गा भएको हुनाले यस ठाउँलाई नेम्बेकुतेन भनिन्थ्यो । त्यसैलाई नेम्बेङ पनि भनिन्थ्यो । तर आजभोलि भने यस ठाउँमा नेम्बेकुहरु छैनन् । तथापि उनीहरुले रोपेर राखेको एउटा ढुङ्गा चाहिँ अहिलेसम्म पनि यहाँ त्यतिकै छ, जसलाई अहिले नेम्बेकुलुङ (ढुङ्गा) भन्ने गरिन्छ । यस ठाउँको नाम यसरी नेम्बेड रहन गएको थियो । आजभोलि पनि यहाँका कुनै कुनै बूढा पाकाहरूले यस ठाउँलाई नेम्बेङ नै भन्ने गरेको पाइन्छ ।
तर पछि यस ठाउँमा आएर बस्न थालेका केही गैह्र लिम्बुहरुले यस नेम्बेङ ठाउँको नामलाई राम्ररी उचारण गर्न सकेनन् । त्यसलाई उनीहरूले मेमेङ भन्न थाले । त्यसपछि यस ठाउँको नाम मेमेङ रहन गयो र यहाँको गाउँलाई मेमेङ गाउँ भन्न थालियो भन्ने भनाई छ ।
गुरूङटारः
फालेलुङ गाउँपालिका पाँचथरभित्र गुरुङटार भन्ने गाउँ पनि भेटिएको छ । यो गाउँ यस गाउँपालिकाभित्रको मेमेङ क्षेत्रमा पर्दछ । हालसाल यहाँ ७० भन्दा बढी घर-परिवार रावल गुरुङहरु बस्दै आई रहेको भेटिन्छ। यो गुरुङटार चाहिँ जातिको आधारबाट पछिल्लो समयमा राखिएको नयाँ स्थान नाम हो किनभने यस ठाउँको पनि पुरानो नाम चाहिँ अर्कै रहेको पाइएको छ ।
यसै ठाउँका केही स्थानीयहरूले भने अनुसार यस ठाउँलाई उहिले अइदेन भन्ने गरिन्थ्यो। यो पनि लिम्बु भाषाबाटै राखिएको स्थान नाम हो। खासगरी यस ठाउँमा उहिले धेरै दुम्सीहरु पाइने गरेको हुनाले यसलाई अइदेन भनिएको हो। दुम्सीहरु पाइने ठाउँलाई लिम्बुहरुले अइवेन भन्दछन किनभने दुम्सीलाई लिम्बुहरुले अइ भन्दछन् । यहाँ रहेको जग्गाको नाम यसरी अइदेन राखिएको थियो । तर पछि उत्ता पश्चिम ओखलढुङ्गा (स्रञ्जाटार) का गुरुङहरु यस ठाउँमा आएर बस्न थाले। पछि तिनीहरुका सन्तानहरु यहाँ बढ्दै गए। ती गुरुङहरुले यस ठाउँको मौलिक नाम अइदेनलाई शुद्ध रूपले उचारण गर्न सकेनन्, त्यसलाई उनीहरुले एदिन भन्न थाले र यहाँ रहेको टारबारीलाई एदिनटार भन्न थाले । त्यसैलाई पछि युरिनटार पनि भन्न थालियो ।
तर पछि के भयो भने, यस क्षेत्र आसपासका केही बासिन्दाहरुले आफ्नो जात अथवा थरबाट आफ्नो गाउँ, टोलको नाम राख्न थालेको देखेपछि यस युरिन (अइदेन) टारमा बसेका यी गुरुङहरुले पनि उनीहरु बस्दै आएका यस ठाउँलाई फेरि गुरुङटार नाम राखि दिए । त्यसपछि यस ठाउँलाई गुरुङटार भन्न थालियो र यहाँको गाउँलाई गुरुङटार गाउँ भन्न थालियो । यस ठाउँको पुरानो नाम चाहिँ ओझेलमा पर्दै गयो ।
भालेढुङ्ङ्गाः
फालेलुङ गाउँपालिका पाँचथरमित्र भालेढुङ्गा नाम गरेको एउटा अग्लो ढुङ्गा पनि भेटिन्छ । यो ढुङ्गा यस गाउँपालिकाभित्रको वडा नम्बर ६ मा पर्दछ । यो भालेढुङ्गा पनि पछि बनाइएको नयाँ स्थान नाम हो किनभने यस ढुङ्गाको पनि पुरानो नाम चाहिँ लिम्बु भाषाबाटे राखिएको पाइएको छ । तथापि यस ढुङ्गाको पुरानो नाम के थियो भन्ने सवालमा भने विभिन्न किसिमको भनाईहरु रहेको पाइएको छ ।
यसै फालेलुङ गाउँपालिका क्षेत्रका केही स्थानीय लिम्बुहरुले भने अनुसार यस ढुङ्गामा उहिले जङ्गली कुखुराको भालेहरु बास बस्ने गर्दथे । बिहान भएपछि ती भालेहरु बास्ने पनि गर्थे। यसरी जङ्गली कुखुराको भालेहरु बास्ने गरेको ढुङ्गा भएको हुनाले पछि यस क्षेत्रका लिम्बुहरुले यस ढुङ्गाको नाम इङ्काकासेलुङ राखिदिए । कुखुराको भाले बास्ने गरेको ढुङ्गालाई लिम्बुहरुले इङ्वाकासेलुङ भन्दछन् । त्यसैलाई अहिले फेरी नेपालीकरण गरिएर भालेढुङ्गा भन्न थालियो । त्यसैगरी केहीले चाहिँ यो ढुङगा अत्यन्तै अग्लो भएको र एउटा अग्लो बाँसले पनि यस ढुङ्गाको टुप्पोलाई छुन थालियो नसकेकोले गर्दा उहिले यस भेगका लिम्बुहरुले यस ढुङगाको नाम फालेप्लुङ राखिदिएको / पछि यसलाई इङ्कालुङ मात्र मन्त त्यसैलाई पछि भालेढुङ्गा भनिएको भन्ने कुरा गर्दै आएको पनि पाइएको छ ।
बाँसबोटे:
फालेलुङ गाउँपालिका पाँचथरको वडा नम्बर आठभित्र बासँबोटे भन्ने गाउँ पनि भेटिन्छ । यहाँ केरुङ थरी लिम्बहरु बस्दै आएका छन । यो बाँसबोटे गाउँ पनि पछि राखिएको नयाँ स्थान नाम हो. किनभने यस ठाउँको पनि मौलिक नामचाहिँ यहीँकै आदिवासी लिम्बुहरुकै भाषाबाट राखिएको पाइएको छ ।
यहीँ बाँसबोटे गाउँकै केही स्थानीयले भने अनुसार उहिले यस ठाउँमा बाँसको बोट धेरै पाइन्थ्यो । जसले गर्दा यहाँका लिम्बुहरुले यस ठाउँको नाम फाबुङ्ख्यक राखिदिएको बोट धेरै बाँसको बोट धेरै भएको जग्गालाई लिम्बुहरुले फा बुङयक भन्दछन् । त्यसैलाई अहिले नेका थिए। गरिएर बॉसबोटे बनाइएको भन्ने भनाई छ ।
अंशु भन्ज्याङः
फालेलुङ गाउँपालिका पाँचथरभित्र अंशु भन्ज्याङ भन्ने ठाउँ पनि भेटिएको छ। यो अनु यस गाउँपालिकाभित्रको वडा नम्बर आठमा पर्दछ । यस ठाउँलाई आहाले भन्ज्याङ पनि भनिन्छ । खासगरी यस ठाउँमा उहिले आकाशको पानीलाई जम्मा गरिएर आहाल बनाई गाई-वस्तुहरुलाई खुवाउने गरिएको हुनाले यस वाउँलाई आहाले भन्ज्याङ पनि भनिएको हो । यो अंशु भन्ज्याङ चाहिँ यस ठाउँको नयाँ नाम हो किनभने यस ठाउँको पनि पुरानो नाम चाहिँ अर्कै रहेको पाइएको छ । यसै ठाउँका केही स्थानीय लिम्बुहरुले भने अनुसार यस ठाउँलाई उहिले लोवाफोक भन्ज्याङ भन्ने गरिन्थ्यो । कुनैले चाहिँ लोवाफोक कोक्मा पनि भन्दथे । खासगरी लोवाफोक ठाउँदेखि सिँधै माथि यो डाँडा रहेको हुनाले यसलाई लोवाफोक कोक्मा भनिएको हो । अग्लो डाँडालाई लिम्बुहरुले कोक्मा भन्दछन् । तरपछि लोवाफोक गाउँलाई लुवाफु गाउँ भन्न थालिएपछि चाहिँ यस डाँडालाई पनि लुवाफु भन्ज्याङ नै भन्न थालियो। त्यहाँदेखि यस डाँडाको नाम लुवाफु भन्ज्याङ रहन गयो । पछि फेरि के भयो भने, पञ्चायत कालको बेला नेपाली राष्ट्रियवादको नाममा यस ठाउँका केही लिम्बु जनप्रतिनिधिहरुले यस लोवाफोक कोक्मा (लुवाफु भन्ज्याङ) लाई पनि राजा अंशुवर्माको नाम दिएर अंशुवर्मा डाँडा बनाई दिए । त्यसपछि यस ठाउँलाई फेरि अंशु भन्ज्याङ भनेर चिन्न थालियो । यसको पुरानो नाम चाहिँ ओझेलमा पर्दै गयो ।
निष्कर्ष :
लिम्बुवान भूमि पाँचथरको फालेलुङ गाउँपालिकाभित्र धेरै स्थान नामहरु लिम्बु भाषाबाटै राखिएको पाइएको छ । यहाँका लिम्बु भाषी स्थान नामहरूसँग यस क्षेत्रका आदिवासी लिम्बुहरूको विविध पक्षहरू जोडिएको पाइएको छ । तर पछिल्लो समयमा भने यस क्षेत्रभित्रको धेरै लिम्बु भाषी स्थान नामहरू नेपालीकरण हुँदै गई रहेको भेटिएको छ । खासगरी पछिल्लो समयमा यस क्षेत्रभित्र अन्य केही गैह्र लिम्बुहरू आएर बस्न थाले पश्चात ती गैह्र लिम्बुहरूले यहाँको लिम्बु भाषी स्थान नामहरूलाई शुद्ध रूपले उच्चारण गर्न नसकेपछि नै यहाँका स्थान नामहरूलाई नेपालीकरण गर्दै लगिएको भेटिएको छ । त्यसैगरी कुनै चाहिँ यस क्षेत्रमा बस्न थालेका केही गैह्र लिम्बुहरूले आफ्नो जात अथवा थरबाट उनीहरू बसेको ठाउँको नाम राख्न राख्न थालेकोले गर्दा यहाँको पुरानो स्थान नामहरू फेरबदल हुँदै गएको पनि भेटिएको छ ।
यहीं अवस्था रहने हो भने यस फालेलुङ गाउँपालिका पाँचथर क्षेत्रभित्रको धेरै लिम्बु भाषी स्थान नामहरू लोप भएर जाने प्राय निश्चित छ । त्यसकारण यस्ता लिम्बु भाषी स्थान नामहरुलाई गहन रूपले अध्ययन-अनुसन्धान गरेर त्यसको अभिलेखीकरण गरेर राख्न नितान्त आवश्यक देखिएको छ ।
सन्दर्भ सामग्री :
- आङदेम्बे, दिलविक्रम (२०७९) याक्थुङ पहिचान स्मारिका लिम्बु विद्यार्थी मञ्च, सुनसरी । आङदेम्बे, तेजमान (२००९) ‘तान्छोपा’ (मासिक) पत्रिका कि. या. चु, काठमाण्डौ । काइला, वैरागी (स.२०५९) नाम परिवर्तन संस्कृति अतिक्रमणको एउटा पाटो नेपाल समाचार पत्र ।
- दैनिकी’, नेपाल समाचार पत्र प्रकाशन संस्थान, काठमाडौं । लावती, येहाङ् (स.२०६२) “आदिवासी लिम्बु जातिका माहौल परिचय” दिल बहादुर लावती विराटनगर ।
- श्रेष्ठ, कृष्णप्रकाश (२०४४) स्थाननाम-कोष, प्रथम संस्करण । काठमाडौं, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
- Malla, kamal pd (1982), River-Names of the Nepal valley: A Study in Cultural Annexation, Vol. 10, 1 and 2. Kathmandu, CNAS. फालेलुङ गाउँपालिका पाँचथर भित्रको नेपाली and 2. Kathandus / को फोटाहरू









