
वसन्त भुजेल
राज्य सत्ताद्धारा करिव २ सय ५० वर्ष अघिदेखि सिर्जना गरिएका अनेक प्रतिकुल परिस्थितका बाबजुद आफ्नो भाषा, संस्कृति तथा परम्परालाई जीवित राख्न सक्ने जाती तथा समुदायको संख्या नेपालमा थोरै छ, त्यही थोरै मध्येको हो लिम्बु जाति । पूर्वी नेपालको प्रदेश १ अन्तर्गत ताप्लेजुङ, इलाम, पाँचथर, लगायतका जिल्ला लिम्बुको परम्परागत थातथलो हो । अहिलेले मोरङ, झापा, सुनसरीमा पनि लिम्बु जातिको जनसंख्या उल्लेख्य छ । त्यस बाहेक राजधानी काठमाडौं उपत्यकामा पनि लिम्बु जातिको बसोबास उल्लेख्य छ ।
लिम्बूहरू प्रकृतिपुजक हुन् । लिम्बु जातिले अनादिकालदेखि मौखिक परम्परामा रहेको मुन्धुमअनुसार आफ्नो सामाजिक र सांस्कृतिक जीवनयापन गर्ने गरेको पनि पाइन्छ । लिम्बुजाति स्वाभिमानी, इमान्दार र बोलीको पक्का मानिन्छ । सकभर अर्काको सित्तैमा खान मन नपराउने तर अर्कालाई दिन भने मन पराउने लिम्बु जातिले अतिथि सत्कारलाई धेरै नै ख्याल गर्छ । अतिथि सत्कारका लागि लिम्बु जातिको मुख्य सगुन तोङ्वा हो । रक्सी र जाँड लिम्बु जातिको मुख्य पेय पदार्थ मानिन्छ । परम्परागत पेशा भनेको कृषि नै हो । कृषिमा पनि खेतिपाती मुख्य हो भने पशुपालन सहायक हो । पशुपालन अन्तरगत गाई, बाख्रा र कालो सुंगुरलाई लिम्बुहरुले विशेष ध्यान दिएर पाल्छन् ।
कुखुराको भाले र पोथी बिवाहमा नभई हुँदैन । बिवाहका लागि केटाकेटीको जोखना फेदम्वाबाट हेरिने चलन छ । मागी र भागी दुवै प्रकारको बिवाह प्रचलनमा छ । धान नाच मसख्य संस्कृति हो । नाचगानका क्रममा केटाकेटीले एक आपसमा मन पराए भने भाग्ने चलन पनि छ ।
भुगोल र जनसंख्या
मुन्धुम अनुसार लिम्बु भूमि उत्तरमा साया मुदेन ९चीन—तिब्बत०, दक्षिणमा भारतवर्ष, पूर्वमा ब्रह्मपुत्र र पश्चिममा बरुण नदी हो । जसमध्ये सुगौली सन्धीपछि करिव एक तिहाई क्षेत्र नेपाल भित्र पर्छ । नेपाल बाहिर लिम्बु जातिको जनसंख्या एकिन हुन सकेको छैन । नेपाल भित्र मात्र लिम्बू जातिको जातिगत जनसंख्या ३ लाख ८७ हजार ३ सय ९जनगणना, २०६८० छ । यो कुल जनसंख्याको १।४६ प्रतिशत हो । लिम्बु मातृभाषी वक्ताको संख्या भने ३ लाख ४३ हजार ६ सय ३ रहेको छ । नेपालका अन्य जनजातिहरुको जनसंख्याको तुलनामा भाषिक संख्या धेरै नै न्युन देखिन्छ, तर लिम्बुहरुको भने जनसंख्या र मातृ भाषीको संख्यामा खासै ठूलो अन्तर देखिन्न ।
नेपाल एकीकरणका क्रममा लिम्बुवानसँगको लडाँईमा गोर्खालीहरुले दुई पटकसम्म पराजय बेहोरेपछि गोर्खाली सरदार रामाभद्र मगरले मगर र लिम्बू भैयाद भएकोले आपसी लडाँइ गर्न नहुने सन्देश लिम्वुवानका राजा हिलिहाङलाई पठाए । यो सन्देश पछि युद्धबराबरीमा टुंग्याउने सहमति भयो । अरु राज्यलाई जस्तो पराजित गरेर गोर्खालीहरुले लिम्बुवानलाई नेपाल अधिराज्यमा गाभेका होइनन् । लिम्बुवानका राजा हिलिहाङसँग बकाइदा लिखित सम्झौता नै भएको छ । सम्भौताका आधारमा एकीकरण भएकोले लिम्बुवान क्षेत्रलाई विशेष अधिकार दिइएको थियो । त्यो विशेष अधिकार राजा महेन्द्रका पालामा खोसिएको हो । वि।सं।१८३१ साउन २२ गते गोर्खाली सेना र लिम्बुबीचमा ऐतिहासिक सन्धि भएको हो । पृथ्वीनारायण शाहले १८३१ साउनमा लिम्बु सुब्बालाई दिएको लालमोहरमा यसअघि सेन राजाले जुन अधिकार उनीहरूलाई दिएका थिए, त्यो अधिकार आफूले पनि दिने उल्लेख गरेका छन् । इतिहासविद्हरुका अनुसार पृथ्वीनारायाण शाह र हिलिहाङबीच भएको सम्झौतामा भनिएको छ–‘जसले यो सम्झौताको उलंघन गर्छ उनको बंश बिनास हुनेछ ।’ तर तत्कालिन राजा महेन्द्रबाट २०२१ सालमा ल्याइएको भूमिसुधार ऐनबाट पूर्णरुपमा लिम्बुवानको किपट प्रथा उन्मुलन गरी लिम्बुवानसँगको सन्धि उलंघन गरे । र, एक जाति, एक भाषा, एक धर्म, एक भेष, एक राज्यको नीतिअनुरुप लिम्बु भाषा, धर्म, संस्कृति, साहित्यप्रति घोर अन्याय गरियो । सायद शाह बंशीय राजाहरुको पतन हुनुको कारण लिम्वुवानसँग गरेको सम्झौता उलंघन गरेर नै पो हो कि रु
इतिहासकार इमानसिंह चेम्जोङले सन् १९४८ मा सिक्किमको गान्तोकबाट ‘किरात इतिहास’ प्रकाशमा ल्याए । त्यो बेला नेपालमा नेपाली इतिहासकारले इतिहाससम्बन्धी पुस्तक प्रकाशन गर्न सकेका थिएनन् । बाबुराम आचार्य र नयराज पन्तहरूमा इतिहाससम्बन्धी विशद ज्ञान थियो, तर राणाहरूको निरंकुशताका कारण उनीहरूको खोज र अनुसन्धानले प्रकाश पाउन सकेको थिएन । उनीहरूभन्दा अघि नै चेम्जोङले इतिहाससम्बन्धी पुस्तक प्रकाशन गरे । चेम्जोङको पहिलो प्रकाशनले नै लिम्बु जातिको अनेकौं ऐतिहासिक प्रसंग र प्रमाण प्रकाशमा ल्याइदियो ।
आफ्नो भाषा, संस्कृति तथा परम्परालाई जोगाएर लिम्बु जातिले नेपालको संस्कृतिलाई सम्मुनत बनाउन ठूलो योगदान पुर्याएको छ । पूर्वी नेपालका केही पहाडी जिल्ला तथा सिक्किमको केही भूभाग थात थलो रहे पनि अहिले लिम्बुजाति धेरै देशमा फैलिइसकेको छ । यो जातिले अरुलाई सताउने कल्पना पनि गर्दैन, तर आफूलाई कसैले सतायो भने ज्यानको माया मारेरै आक्रमणमा उत्रन्छ । एक जना बक्सर रहेछन्, मेखबहादुर । यस पंक्तिकारसँग उनको भेट भएको थियो । उनले आफ्नो जारलाई लखेटी लखेटी एक मुक्काले ठहरै पारिदिएका रहेछन् । उनी अहिले पनि छँदै छन् । जंगबहादुरको पालामा आएको मुलुकी ऐन अनुसार राज्यको आदेश विना मान्छेले मान्छेलाई मार्न पाइँदैनथ्यो तर लिम्बुवानमा जार ९ आफ्नी श्रीमती भगाउने०लाई मारे पनि समाजले छुट दिन्थ्यो । यो प्रचलन तत्कालिन लिम्वुवानको कानून नै थियो ।
लिम्बुवानसँग पृथ्वीनारायण शाहले सम्झौता नगरेको भए गोर्खा भन्दा पश्चिमको भुभाग नेपालमा एकीकरण गर्न उनका सन्ततीहरुले किमार्थ सक्ने थिएनन् । लिम्बुवान सेनाको सहयोगमै गोर्खाले शक्तिशाली सेन राज्य तथा महाशक्तिशाली खस राज्यलाई नेपालमा विलय गर्न सकेको हो ।
नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको जत्तिको योगदान त नहोला तर लिम्वुवानका राजा हिलिहाङको योगदानलाई कम आँक्न मिल्दैन । उनी सम्झौताका लागि तयार नभएको भए लिम्वुवान नेपालको अभिन्न अंग हुने थिएन । लिम्वुवान नेपालमा समावेश नभएको भए लमजुङदेखि पश्चिम तर्फको भूभाग नेपालमा एकीकरण गराउन सम्भव थिएन । तर नेपाल एकीकरणका क्रममा लिम्वुवानले पुर्याएको योगदानलाई तत्कालिन शासकहरुले कदर गर्न सकेनन् । केन्द्रीय शासन सत्तामा लिम्वुवान क्षेत्रका प्रतिनिधिलाई क्रमश निस्तेज पार्दै लगियो । नेपाल एकीकरणमा लिम्वुवानले पुर्याएको योगदानलाई पाठ्यपुस्तकमा समावेश गरिएन । त्यसैले नेपाल एकीकरणमा लिम्वुवानका राजा हिलिहाङले पुर्याएको योगदानबारे धेरै नेपालीलाई थाहा छैन ।
लिम्वु जातिले आफ्नो भाषा संस्कार मात्रै होइन, आफ्नो पात्रोलाई पनि जीवित राखेको छ । आफ्नो भाषा संस्कृतिलाई जीवित राख्दा राख्दै पनि लिम्वु जातिले नेपालको राष्ट्रभाषाका रुपमा रहेको नेपाली भाषाको विकास तथा सम्बर्धनमा धेरै ठूलो योगदान पुर्याएका छन् । नेपाली भाषाका १० जना ठूला साहित्यकारको सूचि हेर्ने हो भने लिम्वुहरुको पनि नाम आउँछ । नेपाली फिल्म तथा गायन क्षेत्रमा पनि लिम्वुहरु अरु जाति भन्दा अगाडी नै छन् । यति मात्रै होइन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार विकास लगायतमा लिम्वु जातिको ठूलो लगाव छ भन्ने कुरा पुष्टि भइसकेको छ ।
आज नेपालको पूर्वी क्षेत्र सबै दृष्टिले अगाडी छ । जहाँ जहाँ लिम्बु जातिको सघन बसोवास छ, त्यहाँ त्यहाँ आर्थिक, भौतिक, शैक्षिक विकासले फड्को मारेको देखिन्छ । उदाहरणका लागि इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ जति समृद्ध जिल्लाहरु नेपालमा अन्त छैनन् । नगदे वाली चिया मात्रै होइन, अलैची, अदुवा, अम्रिसो, अकबरे खुर्सानी, दुग्ध जन्य पदार्थ, तोङ्वा, सुकुटी र छुर्पी लगायतका बस्तुहरु निर्यात गरी नेपालले उल्लेख्य रुपमा विदेशी मुद्रा आर्जन गर्ने गरेको छ । यी बस्तुहरु लिम्वुवानका उत्पादन हुन् । पछिल्लो समयमा लिम्वुवान क्षेत्रले पर्यटनमा पनि फड्को मारिसकेको छ । आन्तरिक पर्यटकहरु पोखरापछि सबै भन्दा धेरै इलाम पुग्छन् । भद्र, विद्वान र जाँगरिला जनता मात्रै होइन प्राकृतिक सुन्दरता, हावापानी तथा उव्जाउसिल माटोले पनि लिम्वुवान क्षेत्रलाई आर्शिवाद दिएको छ । जलस्रोत तथा जडिवुटीका दृष्टिले पनि लिम्वुवान क्षेत्र अब्बल छ ।
जनसंख्याको अनुपातमा नेपालका जनजातिको राज्य सत्तामा कम पहुँच हुनु आजको तीतो यर्थाथता हो । तर लिम्वु यस्तो जाति हो जसको पछिल्लो समयमा राज्य सत्तामा जनसंख्याको अनुपातमा बढी नै प्रतिनिधित्व देखिन्छ । राज्यका हरेक अंग, संयन्त्र तथा निकायमा लिम्वुहरु संख्यात्मक रुपमा मात्रै होइन ओहादागत रुपमा पनि माथि पुगेका छन् । व्यापार, व्यवसायमा पनि लिम्वुहरुले उल्लेख्य प्रगति गरेका छन् । विदेशमा गएका लिम्वुहरुले पनि अरु जातिले भन्दा राम्रो पारिश्रमिकमा रोजगारी पाउने गरेको देखिएको छ । पंचायतकालमा पद्मसुन्दर लावती वाहेक अरु लिम्वुहरुको केन्द्रीय राजनीतिमा खासै पकड नभए पनि २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना पछि नेपाली कांग्रेस र एमालेमा लिम्वुहरुको उल्लेख्य प्रभाव रहेको देखिन्छ । भूविक्रम नेम्वाङको परिवारको नेपाली कांग्रेसमा लामै समय वर्चश्व रह्यो । अहिले नेकपा एमालेमा सुवास नेम्वाङको राम्रै वर्चश्व छ । सुरक्षा निकायका प्रमुख अंगमध्ये नेपाल प्रहरीको माथिल्लो तहमा धेरै लिम्वुहरु पुगेका छन् । नेपाली सेनामा भने गणतन्त्र स्थापना नहुँदा सम्म राणा, शाह तथा उनका नातेदारहरुको सिण्डिकेट भएका कारण अरु जातिका मानिसहरु ‘सेकेण्ड वा थर्डम्यान’ भन्दा माथि जाने अवस्था थिएन । सेकेण्ड या थर्डम्यानसम्म भने लिम्बुहरु पुगेकै थिए ।
यस पंक्तिकारसँग हङकङमा एक नेपाली युवतीको भेट भयो । कुराकानी पछि प्रष्ट भयो उनी चाइनिज अक्कुपञ्चर उपचार प्रविधिकी विश्व प्रसिद्ध डाक्टर पद्म सुन्दर लावती रहिछन् । सायद उनी यो विषयको पहिलो नेपाली विशेषज्ञ हुन् । राजनीति, भाषा, साहित्य, कृषि प्रविधि, पर्यटन, व्यापार व्यवसाय मात्रै होइन मुलुकका डाक्टर, इन्जिनियर, प्राध्यापक, वकिल, अन्वेशक, समाजसेवी, दार्शनिक, निर्माण व्यवसायीहरुको संख्या हेर्ने हो भने जनसंख्याको अनुपातमा लिम्वुहरुको संख्या बढी नै देखिन्छ ।
हरेक पक्षको उज्यालो पाटो मात्रै हुन्छ भन्ने छैन । आफ्नो प्रभावलाई अन्य जाति तथा समुदायमा बिस्तार गर्ने मामिलामा भने खस आर्य तथा नेवार, थकालीको तुलनामा लिम्वुहरु अलीपछि हुन्की जस्तो देखिन्छ । पूर्वी पहाड तथा पूर्वी तराई एवं राजधानी काठमाडौं उपत्यका बाहेक अन्यत्र लिम्वुहरु त्यति घुलमिल भएको देखिन्न । जबकी नेवार, गुरुङ, राई, मगर, थकाली लगायतका जनजातिहरु मुलुकका प्राय सबै जिल्लामा बिस्तार भइसकेका छन् । तर लिम्वुहरु आफ्नो थातथलो बाहेक अन्यत्र खासै बिस्तार भएको देखिन्न । आफ्नो थातथलोमै सबै सम्भावना रहेका कारण पनि उनीहरुले अन्यत्र बसाइ सर्न चासो नदिएको हुनुपर्छ । हुन पनि बसोबासको दृष्टिले लिम्वुवान क्षेत्र नेपालकै अब्बल छ । एकै ठाउँमा बसाइ भएकै कारण लिम्बुहरुले राजनीतिमा यतिधेरै प्रगति गरेका हुन् । यदी मगर जस्तै छरिएर बसेको भए लिम्वुराजनीतिक कर्मीहरुले अहिलेको जस्तै सजिलै टिकट पाउने थिएनन् । किनकी कुन निर्वाचन क्षेत्रमा कुन जातिको जनसंख्या बढी छ रु भन्ने आधारमा राजनीतिकदलहरुले उम्मेदवारको चयन गर्छन् । भोटको राजनीतिमा यस्तो हुनु अस्वभाविक होइन । तर थकालीको सन्दर्भमा भने त्यस्तो देखिन्न । किनकी कास्की जिल्लामा ५० घर थकाली हुँदा पनि गणेश शेरचनले चुनाव जित्ने गर्थे । बाग्लुङमा डेढ सय घर थकाली हुँदा पनि ओमकारप्रसाद गौचनले चुनाव जित्ने गर्थे । म्याग्दीमा करिव २ सय घर थकाली हुँदा पनि जगत गौचन परिवारले सँधै चुनाव जित्ने गथ्र्यो । चितवनमा १०–१२ घर थकाली छन् तर चितवनको राजनीतिमा अमिक शेरचन धेरै पहिले देखि निर्णायक छन् । रसुवामा एक घर मात्रै थकाली थिए, तर जिल्ला विकास समितिको सभापति उनै थिए, पछि माओवादीले मारे ।
आफ्नो भाषा र संस्कृतिलाई समृद्ध बनाउनका लागि सघन बसोबास, तथा आफ्नो जाति भित्र मात्रै बैबाहिक सम्वन्धले ठूलै टेवा पुर्याउने देखिन्छ । लिम्वुजातिलाई यसले टेवा पुर्याएको पनि देखिन्छ । तर देशको शासन सत्ताको सहयोगी होइनकी निर्णायक ठाउँमा पुग्नका लागि भने मुलुकको सबै भूभाग तथा सबै जाति एवं समुदायमा घुलमिल जरुरी छ । सबै क्षेत्रका जनता तथा सबै जातजाति तथा समुदाय मिलेर मात्रै देश बन्ने हो । सबै भूगोल र सबै जात जाति, जनजाति र समुदायको मत जसले लिनसक्छ उसैको वर्चश्व हुन्छ, लोकतन्त्रको नियमनै हो यो । कुल जनसंख्याको जम्मा १२ प्रतिशत मात्रै हिस्सा ओगटेको बाहुन जातिको मुलुकका सबै क्षेत्रमा वर्चश्व हुनुको कारण यही हो । उदाहरणका लागि कोइराला परिवारकै हेरौं, उनीहरुले मुस्लिमलाई पनि छोरी दिएका छन् । दिलबहादुर घर्ती ९भुजेल०की श्रीमती वीपी कोइरालकी भान्जी हुन् । सोलुखुम्वुका बस्नेत सम्धी हुन् । मुलुकमा थोरै मात्र जिल्ला होलान जहाँ कोइराला परिवारको नाता नजोडिएको होस् । यसैगरी क्षेत्री, नेवार तथा थकालीहरु किन सफल छन् रु किनकी उनीहरुको सम्वन्ध सबै जिल्लामा छ ।
नेपालमा कुनै निश्चित जाति, जनजाति तथा समुदायको बहुमत छैन । सबै अल्पसंख्यामा छन् । तर छरिएर रहेको बसोवास, परम्परादेखिको राज्यसत्तामा पकड, लगायतका कारण करिव ३० प्रतिशत जनसंख्या रहेको खस–आर्यको सबै क्षेत्रमा हाली मुहाली छ । यसरी देश बन्दैन । गणतन्त्र स्थापनापछि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्वन गरिएका कारण अबको केही वर्षपछि राज्यका निर्णायक तहमा सबै जातजाति पुग्ने सम्भावना देखिन्छ, तर त्यतिन्जेल ढिलो भइसक्छ । मुलुकलाई एक ढिक्का राख्नका लागि राज्य संयन्त्रमा सबै जाती, जनजाति तथा समुदायको समानुपातिक सहभागिता जरुरी छ । अबको लडाइँ यसैमा केन्द्रित हुनु पर्छ ।
स्रोत ः रिपेर्टस नेपाल









