राजनीतिः

राजनीतिक हिसाबले बहुदलीय र आवधिक प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली अपनाएको संवैधानिक रूपमा धर्मनिरपेक्ष नेपाल एक संघीय गणतन्त्रात्मक देश हो (नेपालको संविधान, २०७२) राजनैतिक रूपमा दलीय शासन भएको नेपाल भाषिक र सांस्कृतिक रूपमा विविधतायुक्त छ। देशको समस्त राज्य संयन्त्र लगभग राजनीतिक दलहरूको विवेक र चेतनाबाट संचालित छ भन्न सकिने अवस्था छ साथै केन्द्रदेखि तल्लो तहसम्म राजनीतिक दलहरूको उपस्थिति हुनुले नेपालमा राजनीतिको प्रधानता स्पष्ट हुन्छ। त्यसो त प्राचीन दार्शनिक Aristotle ले मानिस स्वभावैले राजनीतिक प्राणी हो भनेर प्राचीन कालमै भनिसकेका छन् । राजनीतिको (Politics) परिभाषा पनि प्राचीन ग्रीक शब्द Polis, politikos, जसको अर्थ state, statesman ete हुन्छ, बाट नै सुरूवात भएको देखिन्छ (Aristote. The politics. Penguin books (1981), Trevor J Saunders) वर्तमान उपलब्ध शब्दकोशहरू; Merriam-Webster ‘क dictionary. Cambridge dictionary, Collins dictionary, नेपाली बृहत शब्दकोश आदिमा राजनीतिको परिभाषा विविध किसिमले दिइएको छ । परिभाषामा केही विविधता देखिए पनि समग्र रूपमा राजनीति भनेको, जनता, राज्य, सरकार, शक्ति, नीति, अग्रगामी परिवर्तन आदि सँग सम्बन्धित कुरा हो भन्ने सबै शब्दकोशहरूको प्राय एउटै आशय छ। शब्दकोशहरूमा जस्तो परिभाषा लेखिए पनि प्रख्यात दार्शनिक, राजनीतिज्ञ, विद्वान र अभियन्ताहरूको राजनीति बारे अभिव्यक्ति भने फरक फरक छ । Aristotle ले Politics is the master science” भनेका छन् । … Politics is war without bloodshed while war is politics with bloodshed’ भनेर Mao Zedong ले राजनीतिको ब्याख्या गरेका छन् । Napoleon Bonaparte ले… In politics stupidity is not a handicap भनेका छन् भने ‘Politics is more difficult than physics भनेर विश्वविख्यात भौतिकशास्त्री Albert Einstein ले आफ्‌नो विचार व्यक्त गरेका छन् भने Political ideology can corrupt the mind and science भनेर FO Wilson भन्छन् ।

असमावेशी राज्य : एकातिर मानव जाति स्वभावैले चेतनशील राजनीतिक प्राणी ओ भने अर्को तिर उसके जीवन पद्धति आफ्‌नो मौलिक संस्कृतीसँग जोडिएको हुन्छ । मानव समुदाय सांस्कृतिक रूपले याक्थुङ निङवा पाःन विविधतायुक्त छ, एक्क सांस्कृतिक समुदायको जीवन दर्शन प्रति अर्को सांस्कृक्तिक समुदाय अनभिज्ञ हुनसक्छ । लिम्बु (याक्थुङ) समुदायले आफ्‌नो प्रतीक / लोगो । सिलाम साक्मा मार्फत आफ्‌नो सास्कृक्तिक जीवन दर्शन बुझ्ने प्रयास गर्दछ तर यही प्रतीक लोगो अन्य सांस्कृतिक समुदायका लागि भने अनभिज्ञताको विषय बन्न सक्दछ। संस्कृति र जीवन दर्शन विविधताका कारण एउटै वस्तुलाई बुझ्ने दृष्टिकोण पनि फरक फरक हुन सक्दछ, जस्तै अंक ८ लाई चीनमा शुभ अंकको रूपमा हेरिन्छ भने यहीं अंकलाई भारतमा भने अशुभ अंकका रूपमा बुझिन्छ । निश्चय पनि नेपाल एक जाति, भाषा र संस्कृतिले विविधतायुक्त देश हो, यो वर्तमान नेपालको संविधानमा नै परिभाषित छ । कुनै पनि जाति वा समुदायको मौलिक पहिचान भनेको त्यस समुदायको जीवन पद्धतिसँग जोडिएको संस्कृति हो । त्यस समुदाय सँग जोडिएको सभ्यता हो अनि इतिहास हो। कुनै पनि जाति समुदायलाई उस्को सभ्यता, इतिहास र मौलिक संस्कृतिले निरन्तर र अविच्छिन्न रूपमा अस्तित्व बोध गराइ रहन्छ, त्यो नै समुदायको मौलिक पहिचान हो।

नेपाल वास्तविक रूपमा अल्पसंख्यक जाति, भाषा र संस्कृतिहरूको सम्मिश्रणले बनेको देश हो। नेपाल देशको राष्ट्रिय मूलधार चरित्रमा यहाँका विविध जाति, भाषा र संस्कृतिहरू प्रतिविम्वित हुनु पर्ने हो तर यहाँ त्यसो भईरहेको छैन । नेपालमा रहेका सबै जाति र समुदायको मौलिक पहिचान राज्यको मूल पहिचान बन्नु पर्ने हो तर त्यसो भईरहेको छैन। समावेशिताको कुरा राजनैतिक लाभका लागि उठाइए पनि व्यावहारिक रूपमा लागू गरिएको छैन। राज्य संयन्त्रका प्रत्येक अंगहरूमा एकल संस्कृतिको वर्चश्वता र प्रभुत्वता कायम छ । सबै नीतिहरूको गुरू नीति मानिने राजनीतिमा खस-आर्य समुदायको वर्चश्वता र प्रभुत्वता कायम छ । गत प्रतिनिधि सभा निर्वाचन २०७९ मा २८०७% जनसंख्याको हिस्सा ओगट्‌ने खस-आर्य समुदायबाट ४७.२% प्रतिनिधित्व हुनु (कान्तिपुर, १५ माघ २०७९) यस्को ज्वलन्त उदाहरण हो। समावेशिताको हिसाबले कर्मचारीतन्त्र अझ असन्तुलित छ । जनसंख्याको ३०% भन्दा कम हिस्सा भएको खस-आर्य समुदायबाट कर्मचारीतन्त्रमा ६३५% हिस्सा ओगटिएको छ भने अधिकृत वा सो भन्दा माथिको तह समूहमा १२.७% जनसंख्याको हिस्सा ओगट्‌ने आर्य समुदायबाट मात्र ७२% हिस्सा ओगटिएको छ (Bhul P. प्रशासन, 2021; vol 52M 198-216) । कार्यपालिका (मन्त्रीपरिषद), न्यायपालिका आदिको संरचनालाई हेर्ने हो भने समवेशिताको । स्थति अझ नकारात्मक रूपले भयावह छ । एकातिर राज्य एकल संस्कृतिको वर्चश्वता र प्रभुत्वतामा आधारित छ भने अर्को तिर विभिन्न राजनैतिक दलहरूले यहाँको विविध संस्कृतिहरूलाई आफ्‌नो vote-bank को रूपमा राम्रैसँग उपयोग गरिरहेका छन् (चौधरी, सहदेव असोज १६, २०७५, देश संचार)। राज्य एकातिर विविध संस्कृतिहरूलाई वहिष्करणमा पार्दै राज्य एकल वर्चश्वशाली र प्रभुत्वशाली संस्कतिलाई मात्र राज्यको मूलघार संस्कृति बनाउन लागि परेको छ मने अर्कोतिर संख्यात्मक रूपमा बहुमतमा रहे पनि बहिष्करणमा पारिएका आदिवासी, भूमिसन्तती, जनजातिहरू विभिन्न राजनैतिक दलहरूमा आफ्‌नो संस्कृतिलाई भजाएर पद लाभको निमित्त आफ्‌नै संस्कृतिको विनियोजन (Cultural appropriation) गरिरहेका छन् । व्याबुङ बजाएर लिम्बु (याक्थुङ) समुदायमा भोट माग्नु, बक्खु लगाएर शेर्पा समुदायको कुरा उठाए जस्तो गर्नु आदि प्रष्टैसँग देख्न सकिने सांस्कृतिक विनियोजनका उदाहरणहरू हुन् ।

राजनीतिमा लिम्बु समुदायको सहभागिताः

नेपालको अध्यावधिक राष्ट्रिय जनगणना वि. सं. २०७८ अनुसार सबैभन्दा ठूलो जनसंख्याको हिस्सा क्षेत्री (१६.४५%) को हो भने लिम्बु (याक्थुङ) समुदायको जनसंख्याको हिस्सा १.४६% छ (राष्ट्रिय तथ्यांक कार्यालय जनगणना प्रतिवेदन २०७८) र नब्बे प्रतिशतभन्दा बढी अर्थात् ९३.४% लिम्बु (याक्थुङ) हरू आफ्‌नै थाक थलो प्रदेश नं १ मा बसोबास गरिरहेका छन् । नेपालको राष्ट्रिय तथ्यांक अनुसार १ नं प्रदेशमा लिम्बु (याक्थुङ) समुदायको वर्तमान जनसंख्याको हिस्सा ८.६% रहेको छ । जम्मा १३७ वटा स्थानीय सरकार रहेको १ नं प्रदेशमा गत २०७९ सालको स्थानीय सरकार जम्मा २९ स्थानीय सरकार प्रमुखमा लिम्बु (याक्थुङ) समुदायबाट निर्वाचित भएका छन् यो भनेको जम्मा २१.१६% हिस्सा हो ।

(हेर्नुहोस् चित्र नं १) ।

प्रदेश नं १ प्रदेश सभा जम्मा ९३ सभासद्हरूले बनेको छ जसमध्ये ९.६८% लिम्बु (याक्थुङ) सभासद्हरू हुनुहुन्छ (चित्र नं १) । समग्रमा संख्यात्मक रूपले हेर्दा प्रदेश सरकार र स्थानीय सरकारमा प्रतिनिधित्वको हिसाबले केही सन्तोषजनक नै देखिए पनि लिम्बु (याक्थुङ) हरू नेतृत्व र निर्णयकारी भूमिकामा भने अधिनस्थ (Subordinate) नै देखिन्छन्, किनकि वर्तमान प्रणाली अपनाएको नेपालमा सत्तासीन दलहरूको निर्णयकारी र नेतृत्वकारी भूमिकामा लिम्बु (याक्थुङ) हरू छैनन् जब कि स्थानीय सरकार र प्रदेश सरकार राजनैतिक दलहरूकै भागबन्डा र प्रतिनिधित्वले बनेको हो। गत २०७९ साल फागुन १७ गते मध्यरात तिर राजनैतिक दलहरूकै सहमति र निर्देशनमा हठात् रूपमा तत्कालीन प्रदेश नं १ लाई कोशी नामाङ्कन गर्दा समेत आफ्‌नो सभ्यता, संस्कृति र इतिहासबारे अलिकति पनि आवाज उठाउन नसकेको र पार्टी निर्णय हो भन्दै सहमत जनाएका कारण लिम्बु (याक्थुङ) जनप्रतिनिधिहरू (आफ्‌नो मौलिक पहिचानका लागि आवाज उठाउने केही जनप्रतिनिधिहरू बाहेक) केबल राजनैतिक दलका yes man / vote bank मात्र हुन् भन्ने भनाइलाई व्यवहारिक रूपमै पुष्टि गरिदिएको छ ।

लिम्बुवानको इतिहास, लिम्बु (याक्थुङ) को संस्कृति, रीतिरिवाज र मौलिक पहिचान बारेयाक्थुङ निहवा पाःन प्रशस्त अध्ययन हुनु साथै कृति र लेख रचनाहरू प्रकाशन भई रहनुले लिम्बु (याक्युङ) हरू आफ्नी संस्कृति र रीतिरिवाजबारे केही रूपमा सचेत नै छन् र आफ्‌नो सभ्यता र इतिहास बारे पूर्ण सपनो अनभिज्ञ पनि छैनन् भनेर भन्न सकिन्छ । Chemjong, Iman Singh, History an of kirat people (2003 AD) । थेवे, अमृता । लिम्बु जातिको तुम्याङ न्याय प्रणाली (२०६९ साल) । लिङदेन, कुमार । नलेखिएका कथाहरू (लिम्बुवानको आधुनिक कथा सकी (२०६९ साल) । इङनाम, भगिराज । लिम्बुवानको ऐतिहासिक दस्तावेज (२००७ साल) । माबुहाङ, अर्जुनबाबु र लावती, लक्ष्मण । लिम्बुवान सत्र थुमको नीति (२०७८ साल) । नेम्बाङ, कृष्ण बिक्रम । लिम्बु इतिहास (२०८० साल) । आदि लिम्बुवान इतिहास, रीतिरिवाज, संस्कृती, नीति नियम र मनोविज्ञान बारे लेखिएका उदाहरण स्वरूप केही पुस्तकहरू हुन् । आफ्‌नो सभ्यता, इतिहास र संस्कृतिको निरन्तर अध्ययन र लेखन कार्य जारी रहेपनि नेपालका आदिवासी लिम्बु (याक्थुङ) हरूले राजनीति र आफ्‌नो सभ्यता, संस्कृती, इतिहास आदि मौलिक पहिचानको अन्तर सम्बन्ध बुझेको देखिँदैन । संस्कृतिको मनोरञ्जनात्मक उपयोग मात्र देखिन्छ । नेपाल देशको राजनीति साथै राष्ट्रवाद र सार्वभौमसत्ताको व्याख्यामा कतै पनि लिम्बु (याक्थुङ) संस्कृतिको भूमिका छैन । आज लिम्बु (याक्थुङ) हरूले आफ्‌नै भूमिमा भाषिक, सांस्कृतिक, धार्मिक, राजनैतिक, आर्थिक, प्रशासनिक आदि संक्रमणको सामना गर्नु परिरहेको छ। त्यसो त राजनैतिक चेतनाको लागि पनि केहि लेख्ने कामहरू भएका छन् । लिम्बु, दिल पालुङवा । लिम्बुवान राज्यको संक्षिप्त इतिहास र पुनः स्थापना (२०६६ साल)। लिम्बु, छविसुब्बा सङबाङफे। साइवर क्रान्ति (लिम्बुवान राजनीति कतातिर, २०६९ साल)। छाराहाङ, कमल। राष्ट्रिय मुक्तिका सन्दर्भमा (२०७१ साल) । नेम्बाङ, वीर । लिम्बुवान (भाषिक आन्दोलन देखि स्वायत्तता आन्दोलन सम्म, सन् २०१८) । लिम्बु, डा. युवराज । अस्तित्व, पहिचान र संघीयता सन्दर्भमा (२०८० साल) । आदि पुस्तकहरूमा राजनैतिक दृष्टिकोण सहित लिम्बु र लिम्बुवान भूमिबारे विश्लेषणात्मक रूपमा लेखिएका लेखहरू पाउन सकिन्छ ।

नेपाल राज्यको स्थापना (Inception) पश्चात आज सम्म आइपुग्दा नेपालको इतिहासमा थुप्रै राजनैतिक परिवर्तनहरू भइसकेका छन् । राजनैतिक रूपले वर्तमान धर्म निरपेक्ष, संधीय गणतन्त्र नेपाल बन्नुमा पक्कै पनि लिम्बु (याक्थुङ) समुदायको आफ्‌नै निश्चित भूमिका छ । विडम्बना के भइदियो भने एकातिर नेपाल देशमा राजनैतिक परिवर्तनहरू भइरहे, अर्कोतिर लिम्बु (याक्थुङ) मौलिक पहिचानहरू आफ्‌नै भूमिबाट क्रमशः समाप्त हुँदै गए। लिम्बु (याक्थुङ) राजनीतिकर्मीहरूले, वर्तमान राज्यको चरित्र र यहाँका आदिवासी लिम्बु (याक्थुङ) हरूको राजनैतिक धरातललाई हेरेर भन्नै पर्ने हुन्छ, राजनीति र आफ्‌नो मौलिक पहिचानको अन्तरसम्बन्धलाई बुझ्नै सकेनन्, आफ्‌नो पूर्खाको विरासत के हो ? आफ्‌नो र आफ्‌नो सन्ततिको स्वाभिमान के हो ? पटक्कै बुझ्न सकेनन् । आफ्‌नो सभ्यता, संस्कृति र इतिहास राज्यबाट बहिष्करणमा परिरहँदा समेत लिम्बु (याक्थुङ) राजनीति कर्मीहरू आवाज उठाउन सक्ने अवस्थामा पुग्न सकेनन् । मुन्धुम राष्ट्रिय शान बन्न सकेन, ‘चोत्लुङ’ शब्दमा मात्र सीमित हुन पुग्यो । आधुनिक परिवेशमा लिम्बु (याक्थुङ) समुदाय राष्ट्र के हो ? राज्य के हो ? राष्ट्रियता के हो ? सार्वभौमसत्ता के हो ? भन्ने विषयमा मौन देखिन्छ । 

अबको बाटोः

कुनै पनि जाति र समुदायलाई समाप्त पार्न उसको भाषा र संस्कृक्तिलाई समाप्त पारीदिए पुग्छ भन्ने समाजशात्रको प्रचलित कहावत नै छ । नेपाल देशमा आदिम भूमि सन्तति लिम्बु प्याज भुकने समाजल आफ्नै भूमिमा आफ्‌नो मौलिक पहिचानको रक्षाको निमित्त लागि रहँदा आज राज्यसँग द्वन्द सृजना हुने । स्थति हुन पुगेको छ (कुरुम्वाङ, दिलेन्द्र)। पाथिभरामा निसासिएको मुक्कुमलुङको पहिचान । हिमाल खबर, जेठ २६, २०७८) । राज्यमा उपस्थित प्रभुत्वशाली र वर्चश्वशाली संस्कृतिले आफ्‌नो प्रतीकुल हुने संस्कृतिलाई निषेध गर्दछ र सबै कुराः भाषिक, सर्चस्वशाली चानिक आदि रूपले राज्यलाई आफ्‌नो अनुकूल बनाउँछ । राज्यमा वार्चश्यता र प्रभुत्वता नभएको भाषा, संस्कृति आदि क्रमशः लोप हुँदै नै जान्छन् । आज नेपाल राज्यको वास्तविक राजनीतिक परिस्थिति र लिम्बु (याक्थुङ) समुदायको भाषा, संस्कृति आदि मौलिक पहिचानको अवस्था चित्र नं २ मा रेखा OC ले अंकित गरेको छ । वर्तमान प्रतिस्पर्धात्मक बहुदलीय राज्य प्रणाली अन्तर्गत लिम्बु (याक्थुङ) समुदाय विभिन्न राजनैतिक दलहरूमा सहभागी छन् र सोहि दलहरूको सैद्धान्तिक विचारधारालाई आत्मसात गरेर राजनीति गरिरहेका छन् तर आफ्‌नो मौलिक पहिचान भने क्रमशः गुमाइरहेका छन् ।

तत्कालीन प्रदेश नं १ लाई हठात् रूपमा कोशी नामांकन गरिएपछि जनस्तरबाट आएको असन्तुष्टिका आवाजहरू र गरिएका प्रतिकारहरूले के कुरा प्रष्ट पारिदियो भने वर्तमान सत्तासीन राजनीतिक दलहरूको सोचाई र चिन्तनले, विशेष गरेर प्रदेश नं १ को नामङकनको सवालमा, जनताको चाहनालाई प्रतिनिधित्व गर्न सकेको रहेनछ भन्ने कुरा स्पष्ट भएको छ । नेपालको इतिहासमा बिभिन्न राजनीतिक घटना क्रम सँगै वर्तमान सम्म आईपुग्दा लिम्बु (याक्थुङ) समुदायको मौलिक पहिचान स्थिर (रेखा OB) नभएर क्रमशः लोप हुँदै गईरहेको अवस्था नै हो (रेखा OC)। अब लिम्बु (याक्थुङ) समुदायले आफ्‌नै भूमिमा आफ्‌नो सभ्यता, संस्कृति र इतिहास जोगाउन र आफ्‌नो मौलिक पहिचान स्थापना गर्न (रेखा OA) वर्तमान राज्य र सत्तासीन राजनैतिक दलहरूको विचारधारालाई आत्मसात नगरी सक्रिय रूपमा आफ्‌नो मौलिक पहिचान स्थापनाको निमित्त लग्नु पर्ने हुन्छ यदि होइन भने बक्र रेखा OD (राजनीतिको रेखा सिधा हुँदैन) ले अंकित गरे जस्तै वर्तमान सत्तासीन राजनैतिक दलहरूको विचारधारालाई नै आत्मसात गरेर आफ्‌नो मौलिक पहिचानलाई क्रमशः स्थापित गर्दै जाने भन्ने बारे अब गहन रूपमा बहस र विश्लेषण गर्ने बेला भइसकेको छ । मुन्धुममा समेत जिले फक्ताङलुङ कहाँ गयो भनेर अब खोज्नै पर्ने हुन्छ, लिम्बु (याक्थुङ) समुदायको आस्थाको प्रतिक मुक्कुमलुङ’ शब्दको अर्थ समेत अपभ्रंश भएर कसरी पाथिभरा हुन पुग्यो अब विश्लेषण हुनै पर्छ । वर्तमान राज्यले गरेका क्रियाकलापहरू प्रतिक्रियात्मक (Reactive) भर विश्लेषण भन्दा आफ्‌नो मौलिक पहिचान स्थापनार्थ अविचलित रूपमा सक्रिय भएर (Proactive) लाग्नु पर्ने नै देखिन्छ ।

सन्दर्भ सामग्री :

इङनाम, भागिराज (२०७७) लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह, प्रकाशक : अतित इङ्‌नाम / शान्तकला मुदेनसङ् साँवा इनाम ।

कान्तिपुर दैनिक, माघ १५, २०७९ ।

कुरुम्बाङ, दिलेन्द्र, पाथिभरामा निसासीएको मुक्कुमलुङको पहिचान, हिमाल खबर, जेठ २६, २०७८ ।

चौधरी, सहदेव, काठमाडौको तीन ठाउँमा जितिया महोत्सव, पहिचान र संस्कृतिको जगेर्ना गर्ने नाममा राजनीति, देश संधार, असोज १६, २०७५ ।

छाराहाङ, कमल (२०७१) राष्ट्रिय मुक्तिका सन्दर्भमा, प्रिन्टवेल अफसेट प्रेस, बालाजु, काठमाडौं ।

थेवे, अमृता (२०६९) लिम्बु जातिको तुम्याङ न्याय प्रणाली, विश्व याक्थुङ मुन्धुम समाज, धरान ।

नेपालको संबिधान (२०७२) ।

नेम्बाङ, कृष्ण बिक्रम (२०८०) लिम्बु इतिहास, यालुङ प्रिन्टर्स एण्ड सप्लायर्स, ताहाचल, काठमाडौं ।

नेम्बाङ, वीर (सन् २०१८) लिम्बुवान भाषिक आन्दोलन देखि स्वायत्तता आन्दोलन सम्म, शिखर समुद्र अफसेट प्रेस, बागबजार ।

माबुहाङ, अर्जुनबाबु र लावती, लक्ष्मण (२०७८) दसलिम्बुवान सत्रथुमको नीति, कन्चन प्रिन्टिङ प्रेस, बागबजार, काठमाडौ ।

राष्ट्रिय तथ्यांक कार्यालय जनगणना प्रतिवेदन (२०७८) ।

लिङदेन, कुमार (२०७५) नलेखिएका कथाहरू, आस्था प्रिन्टर्स, ललितपुर ।

लिम्बु, छविसुब्बा सङवाङफे (२०६९) साइवर क्रान्ति, र्यापिङ प्रिन्टिङ प्रेस ।

लिम्बु, डा. युवराज (२०८०) अस्तित्व, पहिचान र संघीयता सन्दर्भमा, यालुङ प्रिन्टर्स एण्ड सप्लायर्स, ताहाचल, काठमाडौ ।

लिम्बु, दिल पालुङवा (२०६६) लिम्बुवान राज्यको संक्षिप्त इतिहास र पुनःस्थापना, मझुवा प्रिनटिङ प्रेस, बुद्धनगर, काठमाडौ ।

Aristotle. The politics. Penguin books-1981.

Bhul P-2021. Prashashan, vo. 52Ù 198-216.

■Chemjong Imansingh -2003. History and culture of kirat people. Kanchan printing press, Bagbazar, Kathmandu.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here