धरान – लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान ८ : १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो | विहिबार धरानमा याक्थुङ् फिल्म्सद्वारा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक रनवीर लिम्बू ‘रवि सेर्मा’ले जानकारी दिएको हो |  

याक्थुङ् फिल्म्सद्वारा निर्मित चलचित्र ‘मिम्लेन् फूङ्’ प्रेम, पीडा, सामाजिक कुसंस्कार, आत्म-जागरणको यात्रा, युद्धमा श्रीमान गुमाएकी विधुवाले समाजको हेला, औपनिवेशिक मूल्य–मान्यतासँग जुध्दै, आफ्नो प्रेम र व्यक्तिगत स्वतन्त्रताबीच उभिएर अन्ततः नयाँ पहिचान दिने साहसिक कथामाथि निर्माण गरिएको बताइएको छ |   

ताप्लेजुङको बोखिम, कुन्जारी, वरक्पा, काँडे भन्ज्याङ, हेन्छेबुङ, फावाखोला लगायत ऐतिहासिक एवम् रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्रमा कथा/पटकथा/संवाद आशराज बोखिम, निर्देशन रनवीर लिम्बू (रवी सेर्मा), निर्माता आशराज बोखिम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, हरिमाया मादेन, क्यामरा सुमन तामाङ, सम्पादन अनिल कुमार महर्जन, गीत सुवर्ण नेम्बाङ, नेत्र प्रसाद बोखिम, संगीत आशराज बोखिम, स्वर मनु नेम्बाङ, आशराज बोखिम, व्याकराउण्ड म्युजिक अशोक राई, साउण्ड इन्जिनियर मिन विष्ट रहेका छन् भने हरिमाया मादेन, जीवन केदेम, कृष्ण लिङखिम, कुमार लक्सम्बा, रेन्सा खेवा लिम्बू, कमिता तुम्बापो, नेत्र बोखिम, मैना बोखिम खोयाहाङ लगायतले अभिनय गरेका छन् |

दुइदशक अघि ‘क्येबा कोक्मा’ जस्ता लोकप्रीय चलचित्र निर्माण गरेका सेर्माका दुइ चलचित्रहरु ‘सेमीफूङ्‘ र ‘मिम्लेन् फूङ्‘ प्रदर्शनमा आइरहेको छ |

प्रकाशित मिति: १९ मंसिर २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com