ललितपुर-
आज,मंगलबार भदौं १७ गते (नो कोशी नो,केवलकार) शिर्षक राखेर किराँत याक्थुङ चुम्लुङले आफ्नो ३७ औं स्थापना दिवस पालन गरेको छ।
प्रमुख अतिथिको रुपमा नन्द कन्दङ्वा,रहेको थियो भने, पहिचानवादी नेता कियाचुका संघीय अध्यक्ष प्रेम एक्तेनलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विभिन्न याक्थुङ समुदाय/याक्थुङ इतरका समुदायको,बौद्धिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
नेपाल टेलिभिजनका देव महर्जन र इन्डिजिनियस् टेलिभिजनको ईश्वर सुनुवारलाई पत्रकारितामा लामो समयसम्म योगदान दिएवापत,प्रमाण पत्र सहित कार्यक्रममा सम्मान गरेको थियो।
मुन्धुमविद/पहिचानवादी नेता/बुद्धिजीवी/राजनितिज्ञ कलाकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा,लिम्बु संस्कृतिक नृत्य/संगीतिक प्रस्तुति पछि कार्यक्रमको समापन भएको भयो।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया