क्सर छुटिगएको कुराहरु
मलाई सुन्दर लाग्छ ..
जस्तो कि,
बादलबाट छुटिएरनै-पानीको थोप्पाहरु बन्छ
बोटबाट फुलहरु छुटेपछिनै -माला उनिन्छ
लार्भाबाट छुट्टिएर नै -पुतली उडिरहन्छ
आमाको गर्भबाट छुटेपछी नै- शिशु जन्मन्छ
ओंठहरु पनि छुटेपछी नै पो-मुस्कान बन्छ साथी
अक्सर छुटिगएको कुराहरु
मलाई सुन्दर लाग्छ
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

प्रतिक्रिया