काठमाडौँ । ताप्लेजुङको मुक्कुमलुङ पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि आज काठमाडौँमा वार्ता सुरु भएको छ।

गृह मन्त्रालयको पहलमा मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोली र आन्दोलनरत समूहबीच छलफल भइरहेको छ। आन्दोलनरत पक्षले प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

शनिवार वार्ता टोली गठन भएपश्चात् आज बिहान आन्तरिक गृहकार्यपछि अपराह्न वार्ता सुरु गरिएको हो। गृह मन्त्रालय स्रोतका अनुसार वार्तामा दुवै पक्षले आफ्ना अडान राखिरहेका छन्।

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै केही दिनदेखि जारी आन्दोलन हिंसात्मक मोडमा पुगेको छ। आन्दोलनको क्रममा गोली चलेपछि पूर्वका विभिन्न जिल्लामा बन्द गरिएको छ।

सरकार र आन्दोलनरत पक्षबीचको वार्ताले के निष्कर्ष निकाल्छ भन्ने विषयमा चासो बढेको छ।

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com