आजदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः सुरु भएको छ। निर्वाचन आयोगले ६ मङ्सिर २०८२ देखि स्थगित गरिएको प्रक्रिया फेरि सञ्चालनमा ल्याएको हो।
राष्ट्रिय परिचयपत्र नम्बर भएका नेपाली नागरिकले अनलाइनमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परिचयपत्र नभएकाले आयोगको ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमा अनलाइन फाराम भरेपछि फोटो र औँठाछापसहितको बायोमेट्रिक विवरण दिन सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ।
यससँगै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइका विवरण अद्यावधिक गर्ने लगायतका कामका लागि पनि अनलाइन आवेदन दिन सकिने आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनमार्फत आफैँ मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि निर्वाचन आयोगको वेबसाइट election.gov.np मा गएर प्रक्रिया पूरा गर्न सकिन्छ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

प्रतिक्रिया