विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुकुमलुङ पाथीभरा क्षेत्रमा केवलकार निर्माण कार्य तत्काल रोक्न आग्रह गरेका छन ।
पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका आङ्बोले पबित्र धार्मिक क्षेत्रबाट सशस्त्र फौज फिर्ता गर्न समेत माग राखेका छन ।
शान्तिपूर्ण वातावरणमा वार्ता सम्बादबाट निकाश निकाल्न आग्रह गर्दै उनले स्थानिय समुदायको असन्तुष्टी र असहमति बल प्रयोग र दमनबाट पटक्कै समाधान नहुने प्रतिक्रिया दिएका छन ।
उनले भनेका छन,ू आफ्नो नागरिकप्रती जिम्मेवार र जबाफदेही बन्नुपर्छ ।ू
पछिल्लो समय ताप्लेजुङको पाथिभरामा केबलकार निर्माण गर्न नहुने र निर्माण कार्य खारेजिको माग राख्दै स्थानीय आन्दोलित छन।
आन्दोलनकै क्रममा गत शनिबार ताप्लेजुङमा प्रहरीले गोलि चलाउदा ४ जना घाइते भएका थिए। प्रहरीले गोलि चलाएपछि आन्दोलनले नया रुप लिएको हो । आन्दोलनरत पक्षले पक्राउ परेका लाई र केबलकार निर्माण खारेजीको माग राख्दै माघ २१ र २२ गते लिम्बुवानको ९ जिल्ला बन्दको घोषणा गरेको थियो । बन्दको कारण पुर्वी पहाडी जिल्ला र ताराको केही ठाउँ बन्दले प्रभावित भएको छ । उनीहरुको माग सम्बोधन नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल गर्ने चेतावनी समेत दिएका छन । आज अर्थात आइतबार झापाको दमकमा प्रहरी र ूनो केबलकारू पक्ष बीच झडप समेत भएको थियो ।भने प्रहरीले धरान र दमक गरि ८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com