मलाई खेद छ कि म ‘चिया कविता २०२६’ स्वीकार गर्न असमर्थ छु। मैले धेरै अघि नै आफूलाई एउटा लेखकको रुपमा प्रदान हुने कुनै पनि पुरस्कार, अलङ्करण, प्रशस्तिपत्रदेखि अलग राख्ने प्रतिबद्धता गरेको थिएँ। आज मलाई ‘चिया कविता’ पुरस्कारमार्फत सार्वजनिक रुपमा मेरो विचार व्यक्त गर्ने अवसर प्राप्त भएकोमा म आभारी छु। तथापि, म यसै अवसरमा आजीवन कुनै पनि साहित्यिक पुरस्कार ग्रहण नगर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्न चाहन्छु।
यो मेरो निर्णय पुरस्कारप्रति अनादर नभई, पूर्णतः मेरो व्यक्तिगत र सिद्धान्तगत प्रतिबद्धतामा आधारित हो भन्ने कुरा स्पष्ट गर्न चाहन्छु। ‘चिया कविता’ जस्तो प्रतिष्ठित साहित्यक संस्थाबाट पुरस्कृत हुनु निश्चय गौरवको विषय हो। यस्ता संस्थाबाट सम्मानका लागि छनोट हुनुमा म आफुलाई सम्मानित अनुभव गर्छु, र यसकालागि म सधैँ कृतज्ञ रहनेछु। तथापि, आफ्नो दीर्घकालिन विश्वास र प्रतिबद्धताप्रति निष्ठावान रहनु मेरो लागि अझ महत्वपूर्ण छ ।
अतःमेरो विनम्र अनुरोध छ कि संस्थाले कुनै योग्य सर्जकलाई छनोट गरी यस वर्षको पुरस्कार प्रदान गरिदियोस्।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

प्रतिक्रिया