कवि

प्रेम शर्मा एकान्तप्रेमी

साहित्यिक उपनाम एकान्तप्रेमीबाट नेपाली साहित्य जगतमा प्रसिद्धि कमाएका प्रेम शर्मा,वास्तबमै प्रेमिल कवि हुुन्।मायाका रङ्गहरु कविता सङ्ग्रह प्रकाशित गरेर आफूलाई कविको रुपमा दह्रो संग उभ्याइसकेका एकान्तप्रेमी यो चोटी भने आफूलाई क्रान्तिकारी कविको रुपमा स्थापित गर्दै छन्।उनको बजारमा आउन लागेको पुस्तक विद्रोहका आवाजहरुबाट यौटा कविता यहाँ प्रस्तुत छःसम्पादक विशाल नाल्बो

म क्यामेरा हूँ

हेलो तँ मलाई चिन्छ्स्?
म तेरो वरिपरि घुमिरहन्छु
तेरो जिन्दगीको कथा
ब्यथाहरू हेरिरहन्छु
तेरो जीवन कहानी हेर्छु
युवा युवतीहरू
मेरा अघि झुमिन्छ्न्
म क्यामेरा हूँ।

नेता मन्त्रीहरू
मेरो अगाडी आएर
ठुला ठुला गफ लाउँछन्
म तिम्रो वरिपरि घुमिरहेको छु
तिमीहरू सत्तामा पुग्छौं
मन्त्री हुन्छौं, सांसद हुन्छौं
म जहाँको त्यही बसिरहेको छु
तिम्रै वरिपरि घुमिरहेको छु
तिमीहरूको आन्दोलनमा
मलाई दमन र अत्याचार गर्छौं
मलाई जलाउने कोशिश गर्छौं
तर म कहिले मर्ने छैन
अन्याय अत्याचार विरुद्ध लडिरहेको हुनेछु
तिमीहरू जिन्दावाद र
मुर्दावाद भनिरहेका हुनेछौं

हेलो तँ मलाई चिन्छ्स्?
म तेरो वरिपरि घुमिरहेको छु
म क्यामेरा हूँ।

मेरो बिना युवा युवती
जिउँदै मर्ने गर्छन्
हरेक दिनरात मलाई चुम्छ्न्
मेरो कारण तिमीहरू
सुन्दरी देखिएका छौं
मलाई तिमीहरूले
कहिले सम्मान गर्दैनौं
तिमीहरू सम्मानित भएको
म हेरिरहेकोछु
तिमीहरू खुशीले रमाउँछौं
म तिमीहरूलाई हेरिरहेको हुनेछु
म क्यामेरा हूँ।

हेलो तँ मलाई चिन्छ्स्?
म छु अनि तिमीहरू बाँचेका छौं
म कहिले मर्ने छैन
तिमीहरू मरेको म हेरिरहेको हुनेछु
म अजम्बरी हो यो दुनियाँमा
मेरो अगाडी तिमीहरू हिरो हुन्छौं
मेरो अगाडी जिरो हुन्छौं
म क्यामेरा हूँ।

प्रकाशित मिति: १ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com