पराजित पोमु

साहित्यिक आन्दोेलन इतर अभियानका शीर्षस्थ संस्थापक मध्येका एक हुन् कवि पराजित पोमु।उनी आफ्ना कविताहरुमा इतरमा पारिएका बिषयलाई केन्द्रमा राखेर सुन्दर शिल्पकारिताले बडो खिप्तीका साथ लेख्छन्।उनी अगावै म द्वारा मेरो निर्माण लेप्मुहाङको ढुङ्गा लेखेर नेपाली कविता साहित्यमा अग्लो उचाइँ बनाइसकेका कवि हुन्।सम्पादक विशाल नाल्बो

काठको घोडा
नव क्रिस्टोफरहरू
लादिएको घोडचढी जहाज बोकेर
अन्धकारमा नयाँ देश खोजीरहेछन्
जहाजभित्र
टुटेफुटेका छन् कम्पास
निशाना छैन अक्षांश, देशान्तरको
रित्तीएको छ खजना
काकाकुल छन् यात्रु
तर हिम्मत डगमगाएको छैन्
नया उपनिवेश खोजीरहेछ
कोएलो भन्छ-
तिमी सत्य कर्ममा निस्क
ब्रह्माण्ड तिम्रो साथमा उभिनेछ
मेरो निरंकुश विचारले
कसैको आत्मदाह गर्ने कदापि चाहत हुदै होइन
बुद्धका शील भन्छ-
संगतले तत्वज्ञान निर्धारण गर्छ
आइन्टाइनको सोचप्रति गम खान्छु-
किन E = mc2 सापेक्षता
बिना सम्बन्धमा अस्तित्व निरपेक्ष छ?
न्यूटनको बगैचामा
पाकेको स्याऊ किन बोटबाट झर्छ होला?
फिनिक्स चरा भुइँ नै नटेकी आकाश माथि माथि उड्दा उड्दै घामले जलेर किन भुइँमा झर्छ होला?
आखिर, धरातल यथार्थ रहेछ !
आदिम मान्छे म त
निजी चेतनाको डुंगा चढेर
सृष्टीको विनिर्माण गरीरहेछु
नया क्रिष्टोफरहरू
काठको घोडा चढेर
रेगिस्तानमा हक्की खेलीरहेछन्!


{}{}

प्रकाशित मिति: २० कार्तिक २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com