उपेन्द्र सुब्बाको शब्द तथा सेमिहाङ सिंगकको संगीत रहेको गीतको भिडियोमा प्रेम, त्याग, समर्पण र वैवाहिक संस्कारका भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ। भुपेन्द्र तुम्बाहाङफेको परिकल्पना, निर्देशन तथा छायांकनमा तयार भएको भिडियोले लिम्बू समुदायको सांस्कृतिक परम्परालाई प्रेमकथासँग जोडेको छ।

काठमाडौं, कार्तिक ३ — लिम्बू संस्कार र संस्कृतिमा आधारित प्रेमकथा समेटिएको गीत ‘टाटन बर्कीमा’ सार्वजनिक भएको छ। गायक तथा संगीतकार सेमिहाङ सिंगक र गायिका रविना आङदेम्बे लिम्बूको स्वरमा सजिएको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।

उपेन्द्र सुब्बाको शब्द तथा सेमिहाङ सिंगकको संगीत रहेको गीतको भिडियोमा प्रेम, त्याग, समर्पण र वैवाहिक संस्कारका भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ। भुपेन्द्र तुम्बाहाङफेको परिकल्पना, निर्देशन तथा छायांकनमा तयार भएको भिडियोले लिम्बू समुदायको सांस्कृतिक परम्परालाई प्रेमकथासँग जोडेको छ।

लिम्बू समाजमा प्रेमको प्रतीकका रूपमा उपहार दिने टाटन बर्की, सिंगापुरे नेटको साडी र सिटिजन घडीजस्ता प्रचलनलाई गीतका शब्द तथा दृश्यमा समेटिएको छ। भिडियोमा प्रेम र व्यक्तिगत जिम्मेवारीबीचको सम्बन्धलाई मार्मिक रूपमा चित्रण गरिएको छ।

भिडियोमा चन्द्र ध्वोज बेघा, निर्भिक राई र दिपशिखा लिम्बूसहित युकबहादुर लिम्बू, रविना आङदेम्बे, सेमिहाङ सिंगक, विसा लिम्बू, सिमा निङलेकु, इन्द्र याक्खा, अनु पौडेल र सृजना लिम्बूले अभिनय गरेका छन्।

देवराज सिग्देलले सहायक छायांकन गरेको भिडियोमा प्रकृति लामा कार्कीको मेकअप तथा अनिल रानाको सम्पादन र कलर संयोजन रहेको छ। मनोज थापा मगरले गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीत एम म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो।

पछिल्लो समय निरन्तर नयाँ सिर्जनामार्फत दर्शकमाझ प्रस्तुत भइरहेका सेमिहाङ सिंगकको यस गीतले लिम्बू सांस्कृतिक पहिचान र प्रेमका भावनालाई संगीत तथा दृश्यका माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ।

गीतको भिडियो: ‘टाटन बर्कीमा’ हेर्नुहोस्

प्रकाशित मिति: ३ कार्तिक २०८३, सोमबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com