प्रज्ञा–प्रतिष्ठानका माननीय उपकुलपति झुमा लिम्बू, प्राज्ञ परिषद् सदस्य रेखा शाह र प्राज्ञ रामा मण्डलसँगै प्रसिद्ध कलाकारहरु मदनकृष्ण श्रेष्ठ, यम बराल, देविका वन्दना, सारिका घिमिरे, सुमीत खड्का, मनिषा पोखरेल, सान्वी यादव, प्राश्ना शाक्य, लक्ष्मी पराजुली तथा अनु चौधरीको स्वर, सदस्यसचिव भूपेन्द्र रायमाझीको सङ्गीत र फणिन्द्र राइको सङ्गीत संयोजन रहेको छ ।

काठमाडौँ भदौं २६ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रसुवा भोटेकोसी बाढीले गरेको अकल्पनीय जनधन र पूर्वाधार क्षतिको पीडामा एक जूट हुन आह्वान गीत निर्माण गरेको छ ।

गीतमार्फत् बाढीका कारण आफन्त जन गुमाएका, उठिबास भएका एवम् परिवारजन वेपत्ता भएकाहरुको दुःख र पीडामा समानुभूति दर्शाउँदै उद्दार र सहयोगमा हातेमालो गर्न आह्वान गरिएको छ । गीतको बोल ‘आऊ बढाऔँ हात।।।’ रहेको छ । माननीय कुलपति ब्रजेश खनालद्वारा रचिएको यस गीतमा नेपालका अग्रजदेखि नयाँ पुस्ताका उदीयमान गायकगायिकाहरूले निःशुल्क स्वराङ्कन गरेका छन् । गीतमा प्रज्ञा–प्रतिष्ठानका माननीय उपकुलपति झुमा लिम्बू, प्राज्ञ परिषद् सदस्य रेखा शाह र प्राज्ञ रामा मण्डलसँगै प्रसिद्ध कलाकारहरु मदनकृष्ण श्रेष्ठ, यम बराल, देविका वन्दना, सारिका घिमिरे, सुमीत खड्का, मनिषा पोखरेल, सान्वी यादव, प्राश्ना शाक्य, लक्ष्मी पराजुली तथा अनु चौधरीको स्वर, सदस्यसचिव भूपेन्द्र रायमाझीको सङ्गीत र फणिन्द्र राइको सङ्गीत संयोजन रहेको छ ।


प्रज्ञा–प्रतिष्ठानले उक्त आह्वान गीतका सम्पूर्ण कलाकार, प्राविधिक, वाद्यवादक तथा रेकर्डिंग स्टूडियोहरूलाई स्वतस्स्फूर्त र निशुल्क योगदानको लागि आभार समेत व्यक्त गरेको छ । यस गीतको श्रव्यदृश्य प्रचारप्रसारबाट प्राप्त हुने सम्पूर्ण आम्दानी प्रधानमन्त्री राहत कोषमा जम्मा हुने पनि कुलपति खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २६ भदौ २०८३, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com