काठमाडौं – लिम्बू भाषाको नयाँ गीत सिकुम’ को रेकर्डिङ सम्पन्न भएको छ । बिहीबार काठमाडौंस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ सम्पन्न गरिएको हो ।

गीतमा सागर केरुङको शब्द, सुरज मादेनको संगीत तथा मनि ताम्लिङ लिम्बूको म्युजिक एरेन्ज रहेको छ । गीतलाई सन्जु लिम्बु सुहाङ र सुरज मादेनले स्वर दिएका छन् ।

याक्थुङ फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माणाधीन लिम्बू भाषाको चलचित्रका लागि उक्त गीत रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको शीर्षक भने केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने निर्देशक सागर केरुङले जानकारी दिए । उनका अनुसार चलचित्र निर्माणको काम निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com