कविता एण्ड दि कफ परिवारको आयोजनामा हुँदै आएको यस कार्यक्रममा विभिन्न प्रसिद्ध कवि, लेखक तथा स्रष्टाहरूको सहभागिता रहने बताइएको छ। कार्यक्रममा उपस्थित स्रष्टाहरूले आफ्ना कविता, सिर्जनाहरू वाचन गर्नेछन्। नयाँ पुस्ताका कवि र स्थापित साहित्यकारहरूलाई एउटै मञ्चमा उभ्याएर सिर्जनात्मक संवादको वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक समितिका मोक्तान थेबाले जानकारी दिए।

जेठ १४ काठमाडौं । अनामनगरस्थित सिलौटो होटल एण्ड रेस्टुरेन्टमा निरन्तर सञ्चालन हुँदै आएको साहित्यिक श्रृंखला “कविता एण्ड दि कफ” अन्तर्गत यहीँ आइतबार, जेठ १७ गते विशेष साहित्यिक जमघट हुने भएको छ। कविता, साहित्य र सिर्जनात्मक संवादलाई एउटै थलोमा जोड्दै आएको यो कार्यक्रमले पछिल्लो समय राजधानीको साहित्यिक वृत्तमा अलग पहिचान बनाउँदै गएको छ।

यसपटकको कार्यक्रममा पोखराका वरिष्ठ कवि, लेखक, गीतकार तथा मुक्तककार सरुभक्त प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। नेपाली साहित्यमा आफ्नो विशिष्ट लेखन, वैचारिक गहिराइ र सशक्त अभिव्यक्तिका कारण परिचित सरुभक्तको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाउने विश्वास आयोजकहरूको छ।


“कविता एण्ड दि कफ” परिवारको आयोजनामा हुँदै आएको यस कार्यक्रममा विभिन्न प्रसिद्ध कवि, लेखक तथा स्रष्टाहरूको सहभागिता रहने बताइएको छ। कार्यक्रममा उपस्थित स्रष्टाहरूले आफ्ना कविता, सिर्जनाहरू वाचन गर्नेछन्। नयाँ पुस्ताका कवि र स्थापित साहित्यकारहरूलाई एउटै मञ्चमा उभ्याएर सिर्जनात्मक संवादको वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक समितिका मोक्तान थेबाले जानकारी दिए।


साहित्यिक भेटघाट, वैचारिक आदान–प्रदान र आत्मीय संवादको साझा थलोका रूपमा स्थापित बन्दै गएको “कविता एण्ड दि कफ” ले पछिल्लो समय युवापुस्तामाझ कविता र साहित्यप्रतिको आकर्षणलाई थप विस्तार गरिरहेको सहभागीहरूको भनाइ छ।
साहित्यिक गतिविधिलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको उक्त कार्यक्रममा साहित्यप्रेमीहरूलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेका छन्।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com