२ – बैशाक काठमाडौं – प्याब्सन बराहक्षेत्र, स्कुलमा कविता सिजन (३) सम्पन्न । पहिलो उपाधी कक्षा (९) मा अध्ययनरत जनता माध्यमिक विद्यालय बराहक्षेत्र ३, नडाहाकि सीमा मादेनले चुमेकी छिन् ।

हिजो सम्पन्न स्कुलमा कविताको फाइनलमा आफ्ना नौ प्रतिष्पर्धीलाई उच्छिन्दै मादेनले सो उपाधी चुमेकी हुन् । यस्तै सो कार्यक्रममा उपविजेता, तृतीय र सान्त्वना क्रमशः युनिशा देउजा राजाबास इङ्लिस बोर्डिङ स्कुल, इनुष्का गौतम बराहाराइजिङ इङ्लिस स्कुल र प्रकृति यादव मोहन मा.वि बन्न सफल भए । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र (३ सुनसरीद्वारा आयोजना हुने सो कार्यक्रम विगत ३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ । सुप्रसिद्ध साहित्यकारर मदन पुरस्कार विजेता डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वर्णिम साहित्य समाजले आफ्ना विविध कविता प्रतियोगितामा पुरस्कृत कविहरुलाई सम्मानसमेत गरेको छ । पुर्वेली साहित्यिक मञ्चद्वारा आयोजित कोसी प्रदेशस्तरीय कविता प्रतियोगितामा पुरस्कृत मिलन नायक र कवि विमल स्मृति राष्ट्रिय कविता महोत्सव (२०८२ मा पुरस्कृत कवि दीपा मग्रातीलाई दोसल्ला ओढाउदै सम्मानपत्र र नगदसहित सम्मान गरेको हो ।


प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन-३ का विजेता सिमा मादेनले नगद रु. दस हजार, प्रमाणपत्र, मेडल, एक झोला किताबका साथै ट्रफी प्राप्त गरिन् यस्तै उपविजेता युनिशा देउजाले नगद रु। पाँच हजार, प्रमाणपत्र , मेडल एक झोला किताब, यस्तै तृतीय इनुष्का गौतमले नगद रु। तीन हजार, प्रमाणपत्र मेडल एकझोला किताब र सान्त्वना हुने प्रकृति यादवले नगद रु । दुई हजारको साथमा अन्य समानरुपका सामग्रीहरु प्राप्त गर्न सफल भए । पुरस्कृत तथा सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, समाजका प्रतिष्ठित व्यक्तित्वहरुले पुरस्कार प्रदान गरेका थिए ।

डा. नवराज लम्साल सीमा मादेन

प्रमुख अतिथिको मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि डा. नवराज लम्सालले कविता लेखन हतारको यात्रा नभएको बताए । उनले थपे हामी जति अनुशासित भैयो रु जति अग्रजहरुप्रति समर्पित भैयो उति लेखनमा परिपक्वता आउँछ । आजसम्म तपाईंले धेरै सहयोग गर्नेहरुलाई थ्याङ्क यु भन्नुभएको छ तर तपाईंले आफुलाई जन्माउने आमालाई कहिले भित्री मनबाट थ्याङ्क यु भन्नुभएको छ र पक्कै छैन आज घर गएर ुथ्याङ्क युु आमा भन्नुस् त । तपाईंको शक्तिशाली कविता लेखन त्यहीँबाट सुरु हुन्छ ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार , नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य रामप्रसाद खरेल, बराहक्षेत्र नगर शिक्षा शाखा प्रमुख उत्तम भारती, प्याबसन बराहक्षेत्रका अध्यक्ष खेमराज राई, वडाअध्यक्षहरु रोहित काफ्ले, कपिल आचार्य , बराहक्षेत्रका अग्रज कवि प्रल्हाद पहरेदार, प्राध्यापक रमेश काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई समाजका सचिव सविता फागो चोङबाङले सहजीकरण गरेकी थिइन्, यस्तै कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष लक्ष्मण कटुवालले राखेकी थिइन् भने कार्यक्रमका सभाध्यक्ष भने समाजका अध्यक्ष शरणकुमार लिम्बु रहेका थिए ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com