काठमाडौं । अशोक शर्माको निर्देशनमा अहिले फिल्म ‘डबल ट्रिपल’ को छायांकन पूर्वी नेपालको झापामा भैरहेको छ । एकसातामा फिल्म छायांकन जनाइएको छ ।
यो फिल्मको छायांकन सेटबाट केही ताजा तस्वीर बाहिरिएका छन्, जसले शीर्ष कलाकारको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । फोटोअनुसार, मिरुनालाई नेपाल प्रहरीको भूमिकामा देख्न सकिन्छ ।
खगेन्द्र लामिछाने डनको भूमिकामा देखिनेछन् । सेटमा दयाहाङ राई र राजाराम पौड्याललाई पनि देख्न सकिन्छ । निर्देशक शर्माका अनुसार यो फिल्मको छायांकन केही दिनमा सकिनेछ ।
यो फिल्मलाई आउँदो दशैं वा तिहारमा ल्याउने चर्चा छ । यद्यपि, यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया