२६– चैत काठमाडौं । दबली थिएटरले पाँच महिने नाट्य अभिनय तालिम सञ्चालन गर्ने घोषणा गरेको छ। नाट्यकला क्षेत्रमा रुचि राख्ने तथा अभिनयमा दक्षता हासिल गर्न चाहने व्यक्तिहरूलाई लक्षित गर्दै उक्त तालिम सञ्चालन गर्न लागिएको हो।

तालिममा सहभागीहरूले अभिनयका आधारभूतदेखि उन्नत विधिसम्मको ज्ञान तथा सीप हासिल गर्ने अवसर पाउनेछन्। साथै, तालिम अवधिभर व्यावहारिक अभ्यासमार्फत सहभागीहरूको क्षमता अभिवृद्धि गरिने जनाइएको छ।

तालिमको अन्तिम चरणमा विशेष प्रस्तुति आयोजना गरिनेछ, जसमा छनोट भएका सहभागीहरूले मञ्चमा प्रत्यक्ष अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्।
अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुने उक्त तालिमले सहभागीहरूलाई नाट्य क्षेत्रमा अघि बढ्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ।
सिट संख्या सीमित रहेकाले इच्छुक व्यक्तिहरूलाई यथाशीघ्र सम्पर्क गरी नाम दर्ता गराउन अनुरोध गरिएको छ।

स्थानः बालुवाटार–४, काठमाडौं
सम्पर्कः ०१–४४४३९२९, ९७६७९१६४८३

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com