काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर २’ले प्रदर्शनको १८औँ दिनमा बक्स अफिसमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
फिल्म १ हजार करोड क्लबमा प्रवेश गरिसकेको छ । आदित्य धरको निर्देशनमा बनेको यो स्पाइ थ्रिलरले भारतीय सिनेमाका दुई ठूला हिट ‘पुष्पा २’ र ‘बाहुबली २’ का रेकर्डहरूलाई समेत चुनौती दिएको छ ।
विशेषगरी प्रदर्शनको १८ औं दिनको कमाइलाई तुलना गर्ने हो भने यसले ‘बाहुबली २’ लाई पछाडि पारेको देखिन्छ । १८औँ दिनमा ‘धुरन्धर २’ ले २८.७५ करोड भारु संकलन गरेको छ ।
त्यही समयमा ‘बाहुबली २’ ले केवल १४ करोड मात्रै कमाएको थियो । १०३० करोडको कुल व्यापार गरेको ‘बाहुबली’लाई उछिन्न अब यसले थप १७ करोड कमाउनु पर्नेछ । तेस्रो साताको शुक्रबार र शनिबार व्यापारमा केही सुस्तता देखिए पनि आइतबारको कमाइले फिल्मलाई फेरि चर्चाको शिखरमा पुर्याएको छ ।
१८-औं दिनसम्म आइपुग्दा फिल्मको कुल कलेक्सन १०१३ करोड भारु पुगिसकेको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया