
काठमाडौं । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर २’ अर्थात ‘धुरन्धर : द रिभेन्ज’ ले नेपाली बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्मले नेपाली बक्सअफिसमा अघिल्लो भागको कमाइलाई उछिन्ने देखिन्छ ।
आइतबारसम्म रणवीर सिंह स्टारर स्पाइ-एक्सन फिल्मको कमाइ १० करोड रुपैयाँ ग्रस नाघेको छ । दिउँसो १२ बजेसम्म फिल्मले १० करोड ४७ लाख १७ हजार ८११ रुपैयाँ ग्रस कमाएको छ ।
तर, यति कमाएर मात्रै यो फिल्मको लगानी उठ्दैन । नेपाली वितरकले गरेको लगानी उठाउन यसको कुल कमाइ साढे १७ करोड रुपैयाँ ग्रसभन्दा धेरै हुनुपर्छ । दोस्रो सातामा वितरकले हलबाट पाउने सेयरको प्रतिशतमा गिरावट आउने भएकाले लगानी उठाउन सक्छ या सक्दैन भन्ने कुरा अनुमानको कुरा हो । यद्यपि, यो फिल्मले भारत र विश्वभर उछाल कमाइ गरेको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

प्रतिक्रिया