
फागुन। नेकपा एमाले बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारमा राजीनामा दिएका छन् ।
एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै उनले नगर कमिटिका उपाध्यक्षलाई सम्वोधन गरेर औपचारिक रूपमा राजीनामा पत्र पेस गरेका हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नंम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।
बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई एमालेप्रति उत्साहित बनाउन नसकिएको र आम मतदाताको माग बुझ्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजिनामा दिएको पनि बताएका छन् । शर्माले पार्टी अब पुनर्गठन गर्न अवश्यक रहेकाले सुरुवात आफूबाट गरेको पनि बताए ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया