
२६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतसँगको सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणामुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन् ।
सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेन र रास्वपाका सभापति रवि लामिछानेसँग टेलिफोन संवाद गरी बधाई ज्ञापन गरेकोबारे फेसबुकमार्फत जानकारी गराएका थिए ।
मोदीले फेसबुकमा लेखेका थिए, ‘मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु । सँगै नयाँ बन्ने सरकारका लागि शुभकामना दिँदै भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको छु ।’
उनको यही पोस्टमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनेर झापा-५ बाट निर्वाचित बालेनले आज कमेन्ट गरेका हुन् ।
‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यु । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया