काठमाडौं । चुनाव प्रचारका लागि बालेन शाह सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगेका थिए । सोही बेला उनले हिउँले ढाकिएको सडकमा उभिएको फोटो सेयर गर्दै क्याप्सन लेखेका थिए- सुदुर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई ।’

उनको यो क्याप्सन निकै हिट भयो । यो क्याप्सनमाथि लाखौं रिल्स र टिकटक बने । समग्रमा भन्दा क्याप्सन निकै भाइरल बन्यो । राजनीतिक विम्वका रुपमा उनले भनेको यो प्रेमिल अभिव्यक्ति अहिले पनि उत्तिकै प्रयोग भैरहेको देखिन्छ ।

गायक राजेशपायल राईले त बालेनको उक्त क्याप्सनमाथि गीत नै तयार पारेका छन् । बालेनलाई जितको शुभकामना दिँदै गायक राईले गीतको लिंक सेयर गरेका छन् अनि बालेनको उक्त क्याप्सनको स्क्रिनसट ।

राई लेख्छन्, ‘मैले गीत नै उपहार दिएँ । बाँकी हेर्नु नहेर्नु तपाईंको अधिकार । भावी प्रधानमन्त्री बालेन शाहको स्टाटसबाट लिएको शब्द- झिक्कै झिक्कै माया तम्लाई ।

गीतको लिंक-

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com