२४ फागुन । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् ।

२६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए ।

त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए । यसअघि कैलाली १ मा रास्वािकी कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com