२२ फागुन, काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com