२२ फागुन, काठमाडौं । सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन् ।

प्रारम्भिक मतगणनाअनुसार अहिले अहिलेसम्म रास्वपाकी गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्क साम्पाङले १५४ लिएका छन् ।

उनीहरूलाई नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १०७, राप्रपाका उद्धव श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराईले ४१ र एमालेका टीकाराम लिम्बूले २० मत ल्याएर पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिका १ को मतगणना सकिएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com