२८ मंसिर काठमाडौं-गायिका झुमा लिम्बुको नयाँ गीत कर्नाली सलल सार्वजनिक भएको छ।बहुचर्चित गीत काफ्लेकी गायिका झुमाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत कर्नाली सलल सार्वजनिक गरेकी हुन्।

कर्णाली क्षेत्रको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशमा केन्द्रित छ। गीतमा जंगल,पहाड,जीवनशैली,भौगोलिक सुन्दरता, परम्परा, प्रेम,रमाइलो र यात्राको अनुभूति अभिव्यक्त हुन्छ। भिडिओमा कलाकारहरू अनिल सुब्बा र निर्मला लिम्बुको अभिनय छ।गीतका शब्द हर्क साउदको हो। संगीत कालीप्रसाद बास्कोटाको छ। परम्परागत नेपाली धुन र आधुनिक एरेन्जमेन्टको मिश्रण गीतमा पाइन्छ। यसको भिडिओ कृजन महतको निर्देशनमा बनेको हो।

त्यस्तै भिडिओमा प्याटुको सिनेमेटोग्राफी,सविन लिम्बु लिङ्दमको सम्पादन छ।यो गीत झुमाले करिब दश वर्षदेखि गाउँदै आए पनि भिडिओ भने अहिले निर्माण भएको हो।

यस्तो छ भिडिओः

प्रकाशित मिति: २९ मंसिर २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com