कवि सुनिल आङबो

सुनिल आङबो आफ्ना कविताहरुमा भावनात्मक कुरा सकभर कमै लेख्छन् र सिधै मुद्दामा प्रवेश गर्छन्।उनको कविताको केन्द्रिय स्वर नै मूलभूतरुपमा आफना मुद्दाहरु हुन्छन्।शब्दहरु मार्फत आफ्नो वैचारिक अम्ला ठड्याएर सत्ता व्यावस्थालाई उनी सधै खबरदारी गरिराख्छन्सम्पादक विशाल नाल्बो।

त्यसपछि देशद्रोही भए

गणतन्त्र चोकमा उभिएर
म र म जस्ताहरुको
अनुहार समाबेश नभएको
एक थान संबिधान
एक काट्टि मच्चिसको सहायताले
दाहसंस्कार गर्दै थिएँ

अलि पर तिर
घण्टाघरबाट आएको
प्रहरी अफिसरले भन्यो
यो देशद्रोही हो
ठोक् साले लाई।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बुधबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com