मम्बई २० अक्टोबर
राजस्थानको जयपुरमा जन्मेका भारतीय अभिनेता असरानीको ८४ वर्षको उमेरमा सोमबार मुम्बईमा निधन भएको छ ।
शोलेु फिल्मको चर्चित डायलग हम अंग्रेजो के जमाने के जेलर हैुबाट ख्याति कमाउँदै अगाडि बढेका अभिनेता असरानी हिन्दी सिनेमा जगतका चिनेको पहिलो हास्य कलाकार थिए ।
दर्जनौं फिल्ममा उनको उपस्थिति चटनीजस्तो हुन्थ्यो । कमेडियन भए पनि उनले फिल्म निर्देशनमा समेत हात हाले ।
चला मुरारी हिरो बनने १९७७०, सलाम मेमसाहेब १९७८०, हम नही सुध्रेंगे ९१९८००, दिल हि तो है १९९२० र उडान १९९७० उनीद्वारा निर्देशित फिल्म थिए ।
पूना फिल्म इन्स्टिच्युटबाट अभिनय पढेका उनले सन् १९६७ को फिल्म ुहरे कांच की चुडियाुंबाट ब्रेक पाएका थिए ।
राजेश खन्नासँग उनको राम्रो दोस्ती थियो । भनिन्थ्यो, खन्नाले निर्माताहरुलाई आफ्नो फिल्ममा असरानीलाई पनि कास्ट गर्नुपर्ने शर्त राख्थे ।
प्रकाशित मिति: ४ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया