काठमान्डौ – चलचित्र ‘सेमीफुङ’को ट्रेलर सार्वजानिक भएको छ | मंगलबार याक्थुङ फिल्मस् युटुब च्यानलबाट सार्वाजानिक गरिएको हो | धार्मिक उपनिवेशले लिम्बू समुदायमा पुर्याएको प्रवाभबारे निर्माण भएको चलचित्रलाइ रन बीर लिम्बू (रवी सेर्मा)ले निर्देशन गरेका हुन |

याक्थुङ फिल्मस् ले निर्माण गरेको चलचित्रमा शेरबहादुर पतङवा र सागर केरुङ निर्माता रहेकाछन् भने लेखन राज थापा कौचा, गीत साङसेन पन्धाक, ऐत खजुम, संगीत दिल्ली फोम्बो, स्वर निरन्ता नेम्बाङ, देबेन चेम्जोङ, कल्पना मादेन, इन्दिरा नेम्बाङ, छायांकन बिक्रम डिसी र सम्पादन अनिल महर्जनको रहेको छ |

इलाम, झापा लगायत विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा बबिन सुब्बा आङदेम्बे, सतिका सुब्बा, चन्दा थेगिम आङदेम्बे, चन्द्रप्रसाद बेघा, विजय संयक, बिनोद पोमु, उदय सुब्बा कुरुम्बाङ, संगीता लावती, त्रिभुवन लुम्फुङवा, अतित योङहाङ, रेन्सा आङखेवा, नरेन्द्र योङहाङ लगायतले अभिनय गरेका छन् |

गत जेठ १० गतेबाट प्रदर्शन सुरु गरिएको चलचित्र सेमीफुङ १७ सेप्टेम्बर २०२५ मा बिर्तामोड र असोज ११ गते धरानमा प्रदर्शन हुने निर्माता केरुङले जानकारी दिए |

भिडियो हेर्नुहोस – https://www.youtube.com/watch?v=-RpUTQpvQ6I&t=38s

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com