काठमाडौं, साउन ८ — लिम्बु संस्कृतिमा आधारित नयाँ पालाम ‘सुर्केपुङ’ सार्वजनिक भएको छ। चर्चित गायीका गोमा योङ्हाङ लिम्बुको यो तेस्रो पालाम हो। यस गीतमा उनको साथमा स्वर दिएका छन् बिवश नेम्बाङले। समुह स्वरमा निरन्ता नेम्बाङ र मनि ताम्लिङ लिम्बुले साथ दिएका छन्।
गीतका शब्द सागर केरुङले लेखेका हुन् भने निर्देशन र पटकथा मनि ताम्लिङ लिम्बुको रहेको छ। भिडियोमा नायक बिशाल सेनेहाङ र गायिका गोमा योङ्हाङ आफैं मुख्य भूमिकामा देखिएका छन्।
समूह अभिनयमा:
कमल दिप तिगेला, छत्र तिगेला लिम्बु, भूपाल चेम्जोङ (खाम्बेक लुङ), केजी सुब्बा, चन्द्र सिङ नेम्बाङ, मिना लिम्बु, मनकला लिम्बु, नुमा चोङ्बाङ लिम्बु, रबिना पाक्साङ्वा लिम्बु, नुमा अनुसा लिम्बु लगायतको सहभागिता रहेको छ।
गीतको छायाङ्कन हिले त्रिशूल डाँडामा गरिएको हो। सिनेमाटोग्राफी हेमन तामाङले गरेका छन् भने कलर ग्रेडिङ प्रविन ढकालले सम्हालेका छन्।
यसअघि गायीका गोमा योङ्हाङका पालामहरू:
- लाजेनु सिङ्बुङ
- साम्याङ अम्लेङ
र अहिले सार्वजनिक भएको सुर्केपुङ ले लिम्बु सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
‘सुर्केपुङ’ लाई ओपेरा इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
प्रकाशित मिति: ९ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया