काठमाडौं, साउन ८ — लिम्बु संस्कृतिमा आधारित नयाँ पालाम ‘सुर्केपुङ’ सार्वजनिक भएको छ। चर्चित गायीका गोमा योङ्हाङ लिम्बुको यो तेस्रो पालाम हो। यस गीतमा उनको साथमा स्वर दिएका छन् बिवश नेम्बाङले। समुह स्वरमा निरन्ता नेम्बाङमनि ताम्लिङ लिम्बुले साथ दिएका छन्।

गीतका शब्द सागर केरुङले लेखेका हुन् भने निर्देशन र पटकथा मनि ताम्लिङ लिम्बुको रहेको छ। भिडियोमा नायक बिशाल सेनेहाङ र गायिका गोमा योङ्हाङ आफैं मुख्य भूमिकामा देखिएका छन्।

समूह अभिनयमा:
कमल दिप तिगेला, छत्र तिगेला लिम्बु, भूपाल चेम्जोङ (खाम्बेक लुङ), केजी सुब्बा, चन्द्र सिङ नेम्बाङ, मिना लिम्बु, मनकला लिम्बु, नुमा चोङ्बाङ लिम्बु, रबिना पाक्साङ्वा लिम्बु, नुमा अनुसा लिम्बु लगायतको सहभागिता रहेको छ।

गीतको छायाङ्कन हिले त्रिशूल डाँडामा गरिएको हो। सिनेमाटोग्राफी हेमन तामाङले गरेका छन् भने कलर ग्रेडिङ प्रविन ढकालले सम्हालेका छन्।

यसअघि गायीका गोमा योङ्हाङका पालामहरू:

‘सुर्केपुङ’ लाई ओपेरा इन्टरटेनमेन्ट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: ९ श्रावण २०८२, बिहिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com