काठमाडौं –३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा ‘याक्थुङ लिम्बु मुन्धुम’ विषयक एक दिने विशेष विमर्श कार्यक्रम राजधानीमा हुँदैछ। ईस्ट ब्लक सेन्टरको आयोजनामा तथा नवीन वनेम लिम्बुको संयोजनमा हुने यो कार्यक्रम आगामी साउन २४ गते शनिबार अनामनगरस्थित युनियन हाउसमा हुनेछ।

कार्यक्रममा प्राज्ञ अमर तुम्याहाङ, डा. युवराज लिम्बु, डि.बी. आङबुङ, डा. क्षितिज लिम्बु, प्रा. लिला चेम्जोङ, यासेली योङहाङ, प्रा. लिला लुङगेलि लगायतका विद्वान तथा शोधकर्ताहरुको सहभागिता रहनेछ।

विमर्शमा मुन्धुमको संक्षिप्त परिचयसहित यसको दार्शनिक, काव्यात्मक र विधिशास्त्रीय पक्षमा बहस हुनेछ। साथै, आधुनिक जीवनपद्धतिमा मुन्धुमको प्रभाव, त्यसले सामना गरिरहेका चुनौतीहरू, र मातृसत्ता–पितृसत्ता तथा आदिसतामा आधारित याक्थुङ लिम्बु समुदायमा प्रचलित विभिन्न मुन्धुमका अभ्यास र विकासबारे पनि चर्चा गरिनेछ।

आयोजकका अनुसार, यो कार्यक्रम याक्थुङ मुन्धुमको ज्ञान–परम्परालाई नयाँ पुस्तामा अभिलेखित र प्रसारित गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ श्रावण २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com