काठमाडाैं| याक्थुङ (लिम्बु) संस्कृति र ३० को दशकको जनजीवनलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र त?वाबा (भावी)’ को पहिलो बिशेष प्रदर्शन धरानमा हुने भएको छ। निर्माण टिमका अनुसार, चलचित्रको प्रिमियर शो चैत १ र २ गते धरानको बराह फ्रेन्ड्स सिनेमा हलमा आयोजना गरिनेछ।

चलचित्रका धरान वितरक जय प्रकाश तिगेलाले धरानमा कलाकारहरूकाे उपस्थिति सहित तीनवटा शो हुने जानकारी दिएका छन्—चैत १ गते दुई शो र चैत २ गते एक शो। एक वर्षअघि तेह्रथुमको फेदाप क्षेत्रमा छायांकन सम्पन्न भएको यस चलचित्रले तीन साताअघि मात्र युनिभर्सल क्याटगोरीको सेन्सर सर्टिफिकेट प्राप्त गरेको छ।

फिल्मले ३० को दशकतिरको पूर्वी पहाडको सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य परिवेशको चित्रण गर्छ। यसमा करिब ६० प्रतिशत संवाद याक्थुङ भाषाको फेदाप्पे भाषिकामा रहेको छ। निर्देशक पङ्धाक, जो सन् २०१६ मा थाइल्यान्डबाट नेपाल फर्किएका थिए, को यो तेस्रो निर्देशन हो। यसअघि उनले ‘थात्थलो’ र ‘तिम्मक’ निर्देशन गरिसकेका छन्।

चलचित्रकी नायिका सुमि लिवाङ लिम्बुले फिल्मको निर्माण तथा कास्ट डिरेक्शनको जिम्मेवारी सम्हालेकी छन्। चलचित्रको लेखन, सम्पादन, गीत लेखन, संगीत, ध्वनि, तथा डीओपी कार्य स्वयं निर्देशक पङ्धाकले गरेका छन्, भने मुख्य सहायक निर्देशक पर्शुराम लिम्बुले छायांकन र सम्पादनमा सहयोग गरेका छन्। क्यामेरा टेकरको भूमिकामा गगनविक्रम राई रहेका छन्। फिल्म निर्माणमा त?बाबा फिल्मस् प्रालिका तर्फबाट उर्मिला राई र वीर पङ्धाकले निर्माण सहायकको जिम्मेवारी सम्हालेका छन्।

फिल्मका गीतहरूमा कृष्णभक्त राई, उर्मिला राई, सुनिता थेगिम र अविर पङ्धाकको स्वर सुन्न सकिनेछ। प्रमुख कलाकारहरूमा सुमि लिम्बु, निवान पङ्धाक लिम्बु, उर्मिला राई, राजकुमार पङ्धाक लिम्बु, समीर पङ्धाक लिम्बु, दुर्गा बहादुर पङ्धाक लिम्बु, मित्रलाल तामाङ, अर्जुन थापा, निहा पङ्धाक लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com