कार्यक्रममा आवाज संयुक्त झिल्का कबिताका सर्जकहरुलाई झिल्का श्री साहित्य सम्मान २०८३ समर्पण गरिएको थियो ।

-प्रेम शर्मा एकान्तप्रेमी –कालेबुङ

जेठ १५ काठकाडौं -आज नेपाल प्रज्ञाप्रतिष्ठान प्रतिष्ठान कमलादी काठमाडौ पारिजात कक्षमा आयोजित कार्यक्रमका बीच ८३ जना सर्जकहरुको वसन्त अनुभव द्वारा संपादित आवाज संयुक्त झिल्का कबिता सङ्ग्रह एवं वसन्त अनुभवको अनुभव र सुरेश कुमार पाण्डेको आँगन झिल्का कबिता संग्रहको सार्वजनिकीकरण तथा रचना वाचन सम्पन्न भयो ।


कार्यक्रमको अध्यक्षता झिल्का कबिताका प्रवर्धक तथा झिल्का साहित्य समाजका अध्यक्ष बसन्त अनुभवले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सचिव प्राज्ञ डा धनप्रसाद सुवेदी,बिशेष अतिथि एवं अतिथिहरुमा घनश्याम पन्त ,विश्वराज अधिकारी ,ललिता जोशी ,लता केसी ,चेतनानाथ धमला ,प्रमोद नेपाल ,अनुराग अरुण ,अरुणनदी खत्री ,सुरेशराज पाण्डे ,होमपसाद न्यौपाने, छायाँदत्त ,कर्ण दयाल , यमुना


प्रधानांग त्रिचन्द्र श्रेष्ठ लगायत साहित्यिक तथा बिभिन्न क्षेत्रका विशिष्ट महानुभावहरु हुनुहुन्थ्यो । कार्यक्रमको संचालन श्रष्टा दिपा गुरुङले गर्नु भएको थियोे भने ,आवाज संयुक्त झिल्का कबितासङ्ग्रहको समीक्षा समीक्षक अरुणनदी खत्री गर्नुभएको थियो । उक्त कार्यक्रमा विमोचन गरिएको वसन्त अनुभवको अनुभवू को समीक्षा साहित्यकार प्रमोद नेपालले र सुरेश कुमार पन्तको आँगन झिल्का कबिता संग्रहकोसमीक्षा ,साहित्यकार अनुराग अरुणले गर्नु भएको थियो । स्वागत मन्तब्य रामप्रसाद गिरीले गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रमका अध्यक्ष ,प्रमुख अतिथि लगायत अतिथिहरुले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा झिल्का कबिताका सर्जकहरुबाट झिल्का कबिता बाचन गरिएको थियोे ।


कार्यक्रममा आवाज संयुक्त झिल्का कबिताका सर्जकहरुलाई झिल्का श्री साहित्य सम्मान २०८३ समर्पण गरिएको थियो ।
कार्यक्रममा देश भित्र र बाहिरका झिल्काकार र साहित्यिक क्षेत्रका विभिन्न श्रष्टा महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम आयोजना गर्ने झिल्का साहित्य समाज तथा आज सार्वजनिक गरिएका कृतिका कृतिकारहरुलाई हार्दिक बधाई तथा शुभकामना

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com